काभ्रेपलाञ्चोक । बीउ उत्पादन बीउ व्यवसायी तथा सरोकारवालाहरु बिच धुलिखेलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विकास निर्देशनालय कृषि विकास कार्यालय काभे्रको आयोजनामा मंगलवार धुलिखेलमा सम्पनन कार्यक्रममा सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वीउ व्यवसायी तथा रैथाने बीउ उत्पादन गरिरहनुभएका व्यवसायीहरु, सञ्चारकर्मीहरु समेतको उपस्थिति रहेको उक्त कार्यक्रममाकृषि विकास कार्यालय काभे्रका प्रमुख कुल प्रसाद दवाडीले वीउको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
प्रस्तुतिकरणको क्रममा कार्यालय प्रमुख दवाडीले नेपालमा वीउवीजनको बारेमा धेरै ठुलो इस्यू रहेको बताउनु भयो । सोहि विषयमा सरोकारवालाहरु संग छलफल गरी बीउमा भएका समसयाको वारेमा छलफलको लागि कार्यक्रमको आयोजना गरेको बताउनु भयो । वीउको गुणस्तरता , जातीय स्वच्छता , उमार शक्तिको विषयमा छलफल गरी समस्या समाधानको पहल गरिने कार्यालय प्रमुख दवाडी भननुभयो ।
कार्यक्रम प्रस्तातीकरणको क्रममा कार्यालय प्रमुख दवाडीले नेपालमा दुइ खर्व १८ करोडको वीउ आयात हुने जानकारी गराउनु भयो । वर्णासंकर जातको वीउ आयातमा वृद्धी हुंदै जादा रैथाने वीउहरु लोप हुने अवस्था आएको जानकारी गराउनु भयो । “कृषकहरु आफै बैज्ञानिक बन्न खोज्नुहुन्छ , त्यसैले गर्दा वीउमा समस्या आउन सक्छ ।” नेपाल भारतको सिमान अनौपचरीक रुपमा वीउ भित्रन सक्छ जुन विषय जटिल हो सो कुरा कृषकले बुज्दैनन् । कृषकले वीउ चिन्न सक्लान तर कानुनले चिन्दैन त्यसैले समस्या हुन्छ ।
कार्यक्रम प्रस्तुतीको क्रममा कृषि विकास कार्यालय प्रमुख दवाडीले काभ्रे जिल्लामा २६ हजार ४ सय ८३ मेट्रिक टन गहु उत्पादन हुने बताउनु भयो । सो विषयमा पत्रकारहरुले जिल्लामा गहुं उत्पादनको पकेट क्षेत्र नभएकोले त्यति धेरै उत्पादन नहुने तर्क दिनुभयो । सो तर्क जवाफमा दवाडीले भन्नुभयो—यो डाटा स्थानिय कृषि बिकास कार्यालयबाट आएको हुँदा आफुले सोही अनुसार प्रस्तुतीकरण गरेको बताउनु भयो ।
कृषि बिकास कार्यालयका अधिकृत लक्ष्मी आचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख वीउ विजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन बाट बेनु प्रसाद प्रसाई , प्रमुख प्रदेश वीउ विजन गुणस्तर नियन्त्रण केन्द्र हेटौडा बाट राजन ढकालको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस