विशेषतः हिन्दु धर्मालम्बीहरुले पूजापाठ गर्दा होस् वा कुनै धार्मिक समारोहमा शंख बजाउने गर्दछन् । शंख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो । शंख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो ।
प्राचीनकालदेखि नै विभिन्न प्रयोजनमा ल्याइने शंख एक प्रकारको समुद्री चिप्लेकिराको कडा आवरण हो । यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ । हिन्दु धर्ममा शंखलाई देवी लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ । तर किन शंख बजाउने गरिन्छ ?
शंखको अरु उपयोगीता के के छ त ?
धार्मिक कारण
१. शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने विश्वास गरिन्छ ।
२. शंखको आवाजले सुतेको भूमिलाई जागृत गराउँछ ।
३. शंख घरमा राख्दा वा बजाउँदा शुभ हुने विश्वास गरिन्छ ।
४. यसको ध्वनीले भुतप्रेम, पिसाच भाग्ने विश्वास गरिन्छ ।
५. वास्तुशास्त्र अनुसार शंखको ध्वनीले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ ।
स्वास्थ्य लाभ
१. यसको ध्वनीले वातावरणमा रहेको कतिपय हानिकारक जीवाणु नष्ट हुने गर्दछ ।
२. शंख बजाउँदा फोक्सोको व्यायाम हुन्छ यसले दमका रोगीलाई फाइदा पुग्दछ ।
३. शंखमा पानी संचित गरेर पिउँदा क्याल्शियम, फस्फोरस प्राप्त हून्छ ।
४. यसले हड्डी तथा दाँतको लागि राम्रो काम गर्छ ।
५. शंखमा भरेको पानी पिउँदा कब्जियत निको हुन्छ ।
६. एक रात शंखमा राखेको पानीले आँखा धोएमा आखाँ निरोगी एवं स्वस्थ्य राख्दछ ।
७. शंखमा राखेको पानीले अनुहार मसाज गर्दा अनुहारमा प्राकृतिक चमक ल्याउँछ ।
८. शंखमा राखेको पानीमा गुलाब जल मिसाएर कपाल धुदाँ बलियो, मुलायम र बाक्लो हुन्छ ।
प्रतिक्रिया दिनुहोस