आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत पनि देखिन्छ ।
चलाखीपूर्ण बोलीले सिद्ध हुनेछ । साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।
आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।
आज स्वास्थ्यमा समस्या आउनसक्छ । सहकर्मीबाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
आज स्वास्थ्यमा समस्या आउनसक्छ । सहकर्मीबाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
आज महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइनेछ ।
आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ ।
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।
श्रमको उचित मूल्याङ्कन हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।
राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।
आज शुभ कार्यमा सरिक भइनेछ । चिताएको कामले तीव्रता लिनेछ । कलासाहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
प्रतिक्रिया दिनुहोस