दिन राम्रो छ । दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। आयआर्जन राम्रो छ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ।
आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ, तर उपहार प्राप्त हुनसक्छ ।
मन खिन्न हुनेछ। भविष्यका लागि सोचिने कामबाट भने फाइदा लिन सकिनेछ।
चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आर्थिक लाभ पनि रहनेछ ।
दिन राम्रो छ । पुराना रोगबाट छुटकारा मिल्नेछ। प्रसन्नता बढ्नेछ।
दिन सन्तोषजनक रहेको छ। ज्ञानको उदय हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। अचानक लाभ हुनेछ।
दिन राम्रो छ । शिक्षामा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या देखिनेछ। तर, शत्रु निस्तेज हुनेछन्।
पुराना घाउ बल्झने सम्भावना छ। धार्मिक क्षेत्रमा मन जानेछ। बोल्दा ख्याल गर्नुहोला
सचेत भएर मात्र काम गर्नु उपयुक्त हुन्छ। झुठा आरोप लाग्नेछ।
मानसिक विचलन हुने देखिन्छ। शनिबार वरपिपलमा जल चढाउनुहोला।
आफन्तबाटै आरोप खेप्नुपर्नेछ। सम्पत्ति आर्जन हुनेछ।
खर्च बढ्नेछ। भगवान शिवजीको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ।
प्रतिक्रिया दिनुहोस