२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

आज भाद्र १७आइतवार को राशिफल


७७४९ पाठक संख्या
  • २०८० भाद्र १७, आईतबार मा प्रकाशित १ साल अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजगता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा वृद्धि पनि होला ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथिको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ, अत: संयम रहनु होला ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । मिष्ठान्न भोजन पनि प्राप्ति होला ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आज अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । विश्वास गरेकाले साथ र लाभ दिनेछन् ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    श्रमको उचित मूल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    यात्रामा बिघ्नबाधा आइलाग्नसक्छ । खानामा गडबडी पनि हुन सक्नेछ अत: आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक रहेको छ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    दाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । शुभ कार्यमा मन पनि जानेछ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    आज नयाँ सवारी साधन प्राप्तिको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आजबाट नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक तथा समाजसेवामा पनि मन लाग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु