२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

आज कार्तिक ८ बुधवार को राशिफल


१०४०१ पाठक संख्या
  • २०८० कार्तिक ८, बुधबार मा प्रकाशित १0 महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै रहला ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वैदेशिक कार्य पनि राम्रो हुनेछ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    आज माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाइएला ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । रमाइलो यात्रा पनि होला ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    पारिवारिक सद्भाव बढ्नेछ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । धार्मिक यात्रा तय होला । साथीबाट सहयोग पनि मिल्नेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । घरमा झैझमेलाको अवस्था आउनसक्छ । दिनको उत्तरार्धमा बढी खर्च होला ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आज प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहनेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आज कुनै कुराले सङ्कटको सामना गर्नुपर्ने अवस्था आउनसक्छ । कडा मिहिनेत र लगनशीलताले मात्र गरिएको कामबाट लाभ मिल्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु