२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

आज आषाढ २७ गते बिहिवार को राशिफल


४३६९ पाठक संख्या
  • २०८१ अषाढ २७, बिहिबार मा प्रकाशित १ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आज सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन्, तर सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    आज राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    आज आफन्तसँग मनमुटाव बढ्ला । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आज नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति पनि हुनेछ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुन सक्छ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    आज विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । साथीबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सामान हराउन सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सचेत रहनु होला ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता पनि छाउनेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु