२०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024

आज भाद्र ६ गते बिहिवार को राशिफल


५३३१ पाठक संख्या
  • २०८१ भाद्र ६, बिहिबार मा प्रकाशित ३ हफ्ता अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आज स्वास्थ्य भरपर्दो रहनेछैन । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । अरुले आलोचना पनि गर्न सक्छन् ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    आज पुनर्मिलनको योग रहेको छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ र सहयोग गर्नेछन् ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेम जीवन पनि सुखमय हुनेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आज सरकारी निकायको भय रहला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ, तर साथीको साथ पनि पाइनेछ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पनि पूर्ण हुनसक्छ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ र रमाइलो यात्रा पनि हुनेछ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउला । प्रेममा बाधाका साथै मन कमजोर रहला । वैदेशिक क्षेत्र कमजोर रहला ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । सामाजिक र धार्मिक यात्राको योग पनि छ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    आज कार्यमा सफलता पाइनेछ । कुनै कुराले मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला, तर साँझमा धन खर्च हुनेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ । शेयर बजारबाट पनि राम्रै सफलता मिल्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार