२०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024

आज आश्विन २ गते बुधवार को राशिफल


२६२७ पाठक संख्या
  • २०८१ आश्विन २, बुधबार मा प्रकाशित १ दिन अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । खर्चिलो यात्रा हुनसक्छ । शत्रुपक्ष पनि सबल रहने भएकाले सजग रहनु उचित हुनेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    आज सफल यात्रा हुनेछन् । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहन सुख पनि मिल्नेछ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आज मनमा दुबिधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    आज धर्मकर्ममा मन लाग्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर आउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख पनि मिल्नेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइएला । चलाखीपूर्ण बोलीले काम सफल हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आज धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    आज स्वादिष्ट भोजन पाइनेछ । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । लगानीको वातावरण बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । विश्वास गरेकाले साथ पनि दिनेछन् ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्राविधिक कार्य पूरा हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार