कार्यक्षेत्रमा मेहनतको उचित परिणाम मिल्नेछ। लगनशीलताले शत्रुहरू आफैं पन्सिनेछन्। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। आयस्रोत सामान्य रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) विद्यार्थी वर्गहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। मन मिल्दो व्यक्तिसँगको भेटघाटले मन प्रसन्न रहनेछ। धार्मिक समारोहमा सम्मिलित भइएला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।
जीवनसाथीसंग मनमुटाव रहला। ठेकापट्टाको कार्यबाट लाभआर्जन गर्न सकिएला। पूजा आराधना वा देवालयमा समय बित्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेदारी व नयाँ कार्य मिल्ला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।
सामाजिक वा सामूहिक कार्यमा मान्यजनसँगको भेटघाटले मन उत्साहित रहनेछ। जग्गा जमिनबाट लाभआर्जन गर्न सकिएला। कार्यक्षेत्रमा स्त्रीवर्गबाट विशेष सहयोग मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कार्यक्षेत्रमा अधिकारी वर्गहरूसँग वैचारिक मतभेद हुने सम्भावना छ। घरको सजावटमा धन खर्च हुन सक्छ। आफन्तहरूको साथ पाइएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
आफन्तहरूबाट शुभ सूचना मिल्नाले मन प्रसन्न रहनेछ। रचनात्मक कार्यतर्फ मन जानेछ। आफ्नो व्यक्तित्वले अरुलाई आकर्षण गर्न सक्नुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कृषि वा पशुपालनबाट राम्रो आयआर्जन हुनेछ। प्रतिष्ठित कार्यसम्पादन गर्ने अवसर मिल्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
पहिलाका कमीकमजोरीलाई सुधार्ने मौका मिल्नेछ। मेहनतले सम्मानित स्थान प्राप्त हुनेछ। आम्दानी बढ्नुको साथै दिगो फाइदा हुने कार्य प्रारम्भ हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ३ रहेको छ।
कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव आउनेछ। पुराना बिछोडिएका इष्टमित्रहरूसँग भेटघाट हुनेछ। व्यापार व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति उत्पन्न हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
वैदेशिक क्षेत्र लाभदायक रहनेछ। उच्च शिक्षाको लागि नयाँ अवसर मिल्नेछ। स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मेहनतको प्रतिफल सोचेजस्तो नमिल्ला। अहिले गरेको त्यागले भविष्य उज्वल हुनेछ। तारिफ योग्य कार्य सम्पादन गर्न सकिएला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।
अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिनेछ। विद्यार्थीहरूको तर्कशक्ति बढ्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
प्रतिक्रिया दिनुहोस