निश्चल माया अनि अट्ट बिश्वास गरेथें पीडा दिई मलाई तिमी अन्तै रमायौ । सँगै जिउने
निश्चल माया अनि अट्ट बिश्वास गरेथें पीडा दिई मलाई तिमी अन्तै रमायौ ।
सँगै जिउने मर्ने बाचा कसम सारा तोडी मुटु मेरा टुक्राइ अन्तै डेरा जमायौ ।।
जानु थियो त आखिर मबाट टाढा तिमी झुटो मायामा अल्झायौ किन मलाई ।
आँसु को पोखरीमा ढुबाईदियौ कल्पनाका सुन्दर सारा सपनाका महल जलाई ।।
तिम्रो मायाको नाटकमा रमाउन पुगें देखायौ आखिर बिलाई जाने सपना किन ?
भयौ आज टाढा दिई मलाई आँसु फेरि तड्पाउन आइदिन्छौ संझनामा किन ?
मलाई जस्तै यसरी नै दुनियालाई रुवाई हिड्ने थियो कि त तिम्रो बानी ।
दियौ नमेटिने पीडा झुटो कसम खुवाई रम्ने रैछौ निस्ठुर मनको खानी ।।
जब गयौ तिमी पराइ घरमा सुन्दर संसार पनि अंगार झैं भयो आज कालो ।
तिम्र्रै माया जालमा पर्दा आज मखमलको बिच्छौना नि भो बिझाउने टालो ।।
चन्चले स्वभावकी सानु सबैसँग खुलेर कुरा गर्ने गर्थिन् । उनी सबैको आँखामा पर्न सफल भएकी थिइन् । समयको परिवर्तनसँगै उनी दीपकको मायाजालमा पर्न पुगेकी थिइन् । उनी दीपकसँग जीवन बिताउने सपनामा रम्न थालेकी थिइन् । आत्मा र शरीर नै दीपकलाई सुम्पीसकेककी उनी सधैं उनै दीपकको सम्झनामा टोलाउने गर्थिन् । दीपक पनि उनलाई तिमी आत्मा र शरीरले पुरै मेरी भै सक्यौ । म तिमीलाई घरमा कुरा गरेर बिबाह गर्छु भन्ने गथ्र्यो । उसको कुरा सुने पछि उनी झनै पुलकित हुन्थिन् । उनी सुनौला रंगिन संसारमा डुब्न पुग्थिन् ।
दीपकसँगको सुन्दर संसारमा आफूलाई हराएको कल्पनामा डुब्ने उनी एककासी छाँगाबाट खसे झैं भइन् । जब उनले यो कुरा थाह पाइन् कि दीपकले उनलाई धोका दिएर शहर पसिसकेको छ । यो खबर थाह पाउनासाथ उनले सारा संसार नै अन्धकार देखिन् । उनलाई आफ्नै जिन्दगीदेखि दिक्क लागेर आउन थाल्यो । अब आफू बाँचेर केहि काम छैन भन्ने सोचेर आत्महत्या गर्ने विचार गरिन् तर उनले त्यसो गर्न पनि सकिनन् । किनकी दीपकको प्रेमको नासो आफ्नो गर्भमा बोकेकी थिइन् उनले ।
यसरी नै दिनहरु बित्दै थिए । उनले नसके पनि आफूलाई सम्हाल्ने प्रयास गरिरहेकी थिइन् । आफ्टनो गर्भमा रहेको नासोलाई संसार देखाइछाड्ने अठोट उनले लिएकी थिइन् । फेरि उनको जीवनमा एकपल्ट कालो बादल मडारिन आइपुग्यो । दीपकका बुबाको कुरा सुनेर उनको बुबाले दीपकको घरमा काम गर्ने सोझो सुरजसँग बिहेको कुरा पक्का गरि सकेको थियो । सो कुरालाई सुरुमा त उनले अस्वीकार गरेकी थिइन् । आखिरमा उनको बाबुको वचन हार्न नसकी उनले नचाहँदा नचाहँदै पनि उक्त विवाहमा स्वीकृति जनाउन करै लाग्यो ।
केहि दिन पछी बिहे पक्का गरी सानुको बिहे सुरजसँग धुमधामसँग भयो । सानुले आफ्नो खुशी भन्दा पनि बाबुको करले गर्दा यो बिबाह गर्न बाध्य भएकी थिइन् । सुरज पनि उनलाई अति नै माया गर्दथ्यो । आफूलाई भन्दा बढी माया सानुलाई गर्न थालिसकेको थियो । तर उनको मन भने सुरजप्रति समर्पित हुन सकिरहेको थिएन ।
समयको बगाइसँगै दिनहरु परिवर्तन हुँदै गए । समयको बहकावसौ सानुले आफ्नो प्रेमको नासोलाई जन्म दिइन् । सानुले छोरीलाई जन्म दिइन् । छोरी जन्मिएपछि सुरजले सानुलाई झनै बढी माया गर्न थालिन् । साथै छोरीलाई पनि उतिकै माया गर्थिन् । छोरीलाई सुरजले गरेको माया देखेर सानु आफै दङ्ग थिइन् । आफ्नो सन्तान नभए पनि आफ्नै सन्तान झैं माया गथ्र्यो सुरजले । एकछिन पनि छोरीबाट टाढा रहन सक्दैनथ्यो सुरज । छारी रोएको आवाज सुन्नासाथ छोरीलाई फकाउन थाल्थ्यो । छोरीलाई खुवाउने देखि लिएर स्याहार संभार तथा हेरचाहमा समेत कुनै कमी गरेका थिएन उसले । सानस् छोरी पनि सुरजसँगै निकै रत्तिएकी थिएन् । लाग्थ्यो संसार कै बाबु छोरीको मायाको नमुना थियो त्यो ।
दिनहरु क्रमशः आफ्नै रफ्तारमा चलिरहेको थियो । सानुले सुरजसँग बिहे गरेको पनि सात वर्ष भैसकेको थियो । सानुले दीपकलाई बिस्तारै बिस्तारै बिर्सदै गएकी थिइन् । छोरीको मायामा आफूलाई भुलाउँदै गएकी थिइन् । सुरजको आफू प्रतिको अगाध प्रेम अनि छोरीलाई सुरजले गर्ने मायाले गर्दा सानुको मन पनि बिस्तारै बिस्तारै आकर्षित हुँदै जाँदै थियो । पहिला उसप्रति सहानुभुति मात्र दर्शाउने उनी बिस्तारै बिस्तारै प्रेम गर्न थालेकी थिइन् ।
बिहे गरेको सात वर्षसम्म सँगै एउटै ओच्छयानमा समेत नबसेका उनी बिस्तारै बिस्तारै सुरजको सामिप्यता खोज्न थालेकी थिएन् । बिस्तारै बिस्तारै उसको नजिक हुन थालिन उनी । उसको स्पर्सको लागि लालायित हुन थालिन् ।
क्रमशः (कथा सत्य भए पनि पात्रहरु फेरिएका छन् ।)
प्रतिक्रिया दिनुहोस