नफर्कन यता तिमी आंखा जुध्न सक्छ।
मनमा माया बर्षिएर रहर भिज्न सक्छ।
नआउन यति नजिक लाग्न सक्छ मात।
मातिएको अवस्थामा बडन सक्छ हात।
यौवनको रुप तिम्रो सुन्दर चांद जस्तो।
नहेरौ न भन्दा पनि बिर्सिएर हेरे जस्तो।
पिलिएका मनहरु तिमी हामी ठोकिएर।
छताछुल्लै भैराकोछ भावहरु पोखिएर।
जहिले पनि रन्थनिन्छ लोभ सौन्दर्यमा।
सक्दिन म समाल्हिन दिलैहर्ने माधुर्यमा।
शान्ति तिमल्सिना
प्रतिक्रिया दिनुहोस