गर्दछु नमन गौरि गजानन् गणेशको जय घोष
त्यी आदि कवि भानुभक्तजी हरूको जयहोस
ऋद्धि र सिद्धी तिमी हौ बुद्धी काटिदेउ यमपास
बुद्धी र मन्मा पसेर तन्मा जीब्रोमा गर्नु बास।
जय माता दी हे मातेश्वरी देवी सरस्वती
हुँदा कु बुद्धि दिनु शुबुद्धी खुसि भै म देखी
अचानक उल्टो बनाउँनु सुल्टो अपशब्द निक्लिदा
दैव संजोग जिब्रामा बस्नु कुबाक्य निस्किदा।
बाल्मिकी जिको साथै ब्यासजीको स्तुति गर्छु गान्
म अल्पज्ञ हुँ अल्पबुद्धी हुँ म पाउँ बिध्या दान्
जान्दैन म मुढ् ममा छ अवगुण कबिको आदर
छ मेरो पुकार माग्छु म गुहार नमस्ते सादर।
अज्ञानी म हुँ जान्दैन सार बुझ्दैन तत्वज्ञान
जान्दैन श्रद्धा न म छु भद्र गर्दछु मात्रै ध्यान्
अज्ञानको प्रिती नचलोस् कृती झुटो छ यो संसार
स्वार्थमा नहोस् कुसल बनोस यस कृति निराधार।
कविता लेख्न खोज्दछु किन्तु मिल्दैन छन्द सार
छन्द गुरुज्यु हरु माफ गर्नु नहवस मरो हार
कविता लेख्ने मात्रै हो प्रयास यो मैले गरेको
सबैको मन्मा मुटुमा मैले पिरति भरेको।
जानेको छैन म कवि हैन नतछु पढेको
न मेरो नाम छ न धेरै दाम छ न अघि बढेको
म पनि सबल कुनै दिन अब्बल बनेको देख्न पाऊँ
केइ कथा मीठा केइ कथा तिता सदैव लेख्न पाऊँ।
गुरुजी छन्द जति छन सबै मतिर दिउँन् ध्यान
बिनम्र मेरो छ अँनुनय अरुत छैन ज्ञान
म दुखि दीन अनुभव हिन सिष्य हुँ बालक
बनिदेउ गुरू म संगै मेरा बुद्धीका चालक।
घमन्डि बनी कसैको पेटमा नछुरा धसेको
न म हुँ कवि आँखाको छबि भयर बसेको
नघात कैले गरेनि मैले वोइली झरेको
नताजा रहेँ फूल्सरि भयँ सुवासै मरेको।
लक्ष्मी चौलागाईं
सुर्खेत,बिजौरा
प्रतिक्रिया दिनुहोस