समयले मलाई के के बनायो कहिले हँसायो, कहिले रुवायो…….
बालक बनायो किशोर बनायो युवा बनायो प्रौढ बनायो समयले मलाई…..
पुत्र बनायो पति बनायो पिता बनायो संबन्ध बढायो समयले मलाई….
पढन्ते बनायो बिर्सन्ते बनायो सोचन्ते बनायो उडन्ते बनायो समयले मलाई…..
जितुवा बनायो हरुवा बनायो डुलुवा बनायो कुरुवा बनायो समयले मलाई…..
जोगी बनायो भोगी बनायो रोगी बनायो निरोगी बनायो समयले मलाई…..
कृषक बनायो शिक्षक बनायो ब्यापारी बनायो लेखक बनायो समयले मलाई…..
(गीतकार पूर्व शिक्षक ) – सीताराम शिपखान पाँचखाल , काभ्रे
प्रतिक्रिया दिनुहोस