२०८३ श्रावण ३, आईतबार | Sun, 19, Jul, 2026

समयले मलाई के के बनायो


३८०६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र ९, शुक्रबार मा प्रकाशित २ साल अघि
  • समयले मलाई के के बनायो कहिले हँसायो, कहिले रुवायो…….

    बालक बनायो किशोर बनायो युवा बनायो प्रौढ बनायो समयले मलाई…..

    पुत्र बनायो पति बनायो पिता बनायो संबन्ध बढायो समयले मलाई….

    पढन्ते बनायो बिर्सन्ते बनायो सोचन्ते बनायो उडन्ते बनायो समयले मलाई…..

    जितुवा बनायो हरुवा बनायो डुलुवा बनायो कुरुवा बनायो समयले मलाई…..

    जोगी बनायो भोगी बनायो रोगी बनायो निरोगी बनायो समयले मलाई…..

    कृषक बनायो शिक्षक बनायो ब्यापारी बनायो लेखक बनायो समयले मलाई…..

    (गीतकार पूर्व शिक्षक ) – सीताराम शिपखान पाँचखाल , काभ्रे

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार