२०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024

पुजा गर्दा गर्न हुदैन यस्ता कमजोरी


१५३५ पाठक संख्या
  • २०८१ कार्तिक २, शुक्रबार मा प्रकाशित २ घण्टा अघि
  • कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर त्यसको फल मिल्दैन । पूजा गर्दा हामीले गर्ने साना-साना गल्तीका कारण यस्तो हुने गर्दछ । हिन्दु शास्त्रमा हामीलाई पूजा गर्दा के गल्ती गर्न हुँदैन, के कुरामा ध्यान दिनु पर्दछ भन्ने उल्लेख गरिएको छ ।

    भगवान वराहले वराह पुराणमा पूजाको समयमा निषेध गरिएका कामबारे बताएका छन् । यस पुराणमा वराह भगवानले पूजासँग जोडिएका केही कामका बारेमा बताएका छन् ।

    – गलत कामबाट कमाएको पैसा भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ ।

    – नीलो वा कालो रङ्गको कपडा पूजाका समयमा लगाउनु हुँदैन ।

    – शवको स्पर्श गरेपछि स्नान नगरी पूजा गर्नु हुँदैन ।

    – सम्भोग गरिसकेपछि स्नान नगरी पूजा गर्नु हुँदैन । यसलाई अपराध मानिने गरिन्छ ।

    – रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन ।

    – अँध्यारोमा भगवानको मूर्ति वा तस्बिरलाई स्पर्श गर्नु वा पूजा गर्नु अपराध मानिने गरिन्छ ।

    – घण्टी वा शंख आदीको आवाज नदिई पूजा गर्दा भगवानले स्वीकार गर्दैनन् ।

    – केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिई पूजा गर्दा फल प्राप्त हुँदैन ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार