२०८१ पौष २४, बुधबार | Wed, 08, Jan, 2025

कापालमा चाया समस्या र यस्ताछन् समाधानको उपाय


१६३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ पौष २४, बुधबार मा प्रकाशित १७ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । सुन्दर र आकार्षक देखिने चाहना सबैलाई हुन्छ । मानिसको सौन्दर्यताको प्रतिक कपाल पनि हो । कपालले मानिसको सौन्दर्यता बढाउँछ । तर जोडोको समयमा कपालमा पर्ने चायाले धेरैलाई सताउँछ ।

    चायाले नसताइएका मानिस बिरलै होलान् । चाया प्रायः टाउकोको छालामा देखिने वाक्क, दिक्क लाग्दो र सजिलै छुटकारा नपाइने चर्म रोग हो । चाया महिलाभन्दा पुरुषलाई बढी हुने गर्छ ।

    चाया हटाउन मान्छेले अनेक उपाय लगाउँछन् । जसले जे सल्लाह दियो त्यही मानेर थरिथरिका स्याम्पु र घरेलु उपचार गरिरहेकै हुन्छ । टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ । यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दागहरू देखिन्छन्, जसलाई चाया भन्ने गरिन्छ । राम्रो सरसफाइ नभएमा पनि चाया पर्ने गर्छ ।

    कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ । शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चाया पर्छ ।

    त्यस्तै, सुक्खा वातावरणमा बस्दा पनि कपालमा चाया पर्ने समस्या हुन्छ । लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चाया पर्ने समस्या हुन्छ । सरसफाइ र सन्तुलित भोजनले चाया हटाउन ठूलो भूमिका खेल्छ ।

    भिटामिनयुक्त खाना, नियमित रूपमा कपाल नुहाउँदा, कपालमा अनावश्यक केमिकलको प्रयोग नगर्दा चायाको समस्याबाट बच्न सकिन्छ । त्यस्तै, स्याम्पु र तेलको प्रयोग गर्दा पनि निकै ध्यान पुर्‍याउनुपर्छ ।

    चायाको समस्यालाई शतप्रतिशत निको पार्न गाह्रो छ । तर, यसको असरलाई कम गर्न भने त्यति गाह्रो छैन । तर, चायाले तालु रातो हुने, चिलाउने र रगत बग्ने, पोल्ने र छाला खुइलिने जस्ता समस्या हुन्छ ।

    चाया निको पार्ने उपाय

    टाउकोमा चाया पर्न नदिन पहिलो कुरा त टाउकोको नियमित सरसफाई गर्नपर्दछ । साथै सन्तुलित भोजन र फलफूलको सेवनले पनि टाउकोमा चाया पर्नबाट जोगाउछ । पर्याप्त पौष्टिक तथा भिटामिनयुक्त खाना खाने गरेमा समेत चायाको समस्या घटेर जान्छ । नियमित रुपमा कपाल नुहाउने, जेल वा हेयर क्रिमको सट्टा राम्रो तेलको प्रयोग गरे चायाको समस्या हट्नेछ ।

    चाया हटाउने घरेलु उपाय

    – एक चम्चा माटोमा गोलभेडाको पेस्ट मिलाएर कपालमा लगाएर १५/२० मिनेट छोडेर कपाल धोएमा चाया कम हुँदै जान्छ ।

    – अमिले दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउदाँ पनि कपालको चाया कम हुँदै जान्छ ।

    – रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिसेर कपालमा लगाउनुस् र आधा घन्टा जति छाडेर नुहाउनुस् कपालमा रहेको चाया जान्छ ।

    – एलोभेराको रस निकालेर कपालमा दल्नुस् र आधाघन्टा जति राखेर पखाल्नुस् चाया हटेर जान्छ ।

    – मेथीको दानालाई रातभर ढड्याएर राख्नुस् र बिहान उठेर त्यसको पेष्ट बनाएर कपालमा लगाई आधा घन्टा जति कुरेर पखाल्नुस् कपालको चाया निख्रन्छ ।

    – ग्लीसीरिन र गुलाव जल मिलाएर राख्नुस र हरेक दिन नुहाउने बितिक्कै अलिकति दल्ने गर्नुस तपाईँको कपालबाट चाया हराएर जान्छ ।

    – नरिवलको तेल र कपुर मिलाएर राख्नुस् र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुस् चाया हराएर जान्छ ।

    – एक ग्लास पानीमा चार चम्चा बेसन घोलेर पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुस् तपाईँको कपालबाट चाया हट्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार