–दिनेश राज खरेल
धर्मको कुनै सिमाना हुदैन । धर्म भनेको धारणा गर्नु भन्ने बुझिन्छ । तन, मन, बचनले सत्यताको धारण गर्नु नै धर्म हो । र, धार्मिक स्थलको निश्चीत स्थान वा भुगोल रहेको हुन्छ । त्यसले आफ्नो ऐतिहाँसिक, पुरातात्वीक, साँस्कृतिक अस्तित्व र महत्व बोकेको हुन्छ । समय संगसंगै धार्मिक स्थलहरुको परिचय विस्तारित हुँदै जाने गरेको छ । जब धार्मिक स्थलहरु देवालय, गिर्जाघर, मस्जिद र गुम्बाहरुको धार्मिक महत्व र दर्शनको खोज र उत्खनन् हुन्छ । त्यसको पछि प्रचार प्रसार हुन्छ र धर्मावलम्बी,विश्वासी वा अनुयायीहरुको उपस्थिति रहने गर्दछ । यस्ता धार्मिक आस्था र विश्वाससंग जोडिएको स्थानमा भ्रमण गर्न मानव मनहरु उद्देलित भएरहेका हुन्छन् । त्यसैले यि पवित्र सथलहरुमा मानिसहरु पुग्ने गर्दछन् ।
विषय राम जन्म भूमि अयोध्या नेपालमा कि भारतमा भन्ने प्रसंगलाई जोड्न चाहान्छु । ओझेलमा परेको र प्रचारमा नआएको राम जन्म भूमि अयोध्या वर्तमान अवस्थामा खोज, अनुसन्धान र वहसको विषय वनेको छ । रामायणमा उल्लेखित तथ्य र प्रमाणहरुलाई हेर्दा अयोध्यापुरी नेपालमा पर्ने कुरालाई नकार्न सकिदैन तर छिमेकी राष्ट्र भारतले अयोध्या भारतमा पर्द भनि पहिले देखि नै ज्ुन तरिकाको अपुष्ट प्रचार गर्दै आएको छ त्यसका विरुद्ध हामीले उनिहरुका जिकिरलाई काट्नु पर्ने हुन्छ ।
कुनै पनि ठाउँको खोज गर्दा त्याहाँको मानव विकासक्रम सामाजिक विकासक्रम ऐतिहासिक पुरातात्विक र साँस्कृतिक मुल्य मान्यतासंग मेल खाएको हुनुपर्छ । यसमा राजनिति भन्दा पनि ऐतिहाँसिक र पुरातात्विक तथ्यले महत्व वोकेको हुन्छ । राम जन्म भूमि भारतमा कहाँ पर्छ भनि भारतिय हरुले पत्ता लगाउन सकेका छैनन । यसमा कुनै तथ्यले प्रमाणित गर्न सकेका छैनन् । यसलाई भुगोल अन्र्तगत रहेको ऐतिहाँसिक र पुरातात्विक तथ्य, प्रमाण, लिपि, लेखोट, शिलालेख, भौतिक संरचना र अवशेषहरुले प्रमाणित गर्न सक्दछ । रामायणमा उल्लेखित स्थानको विस्तृत रुपमा खोज अनुसन्धान गर्न जरुरी छ । साथै नेपालमा रामको जन्म भूमि हो भनी प्रचार प्रसार गर्न पनि सकिएको छैन ।
अहिले उठिरहेको तात्तातो वहस र चासोलाई ध्यान दिएर युवा खोजकर्ता तथा ऐतिहाँसिक अध्यताहरुले राम जन्म भूमि नेपालको चितवन जिल्ला स्थित माडी नगरपालिका ठोरीको अयोध्यापुरी नै हो भनि विश्व सम्पदा सुचिमा दर्ज गराउन लागि पर्नु को विकल्प छैन । नेपाली विद्धान, इतिहाँसविद् र खोजकर्ताहरुले तयार पारेका तथ्य प्रमाणलाई भौतिक संरचना पूर्णनिर्माण गरि धार्मिक र पर्यटकिय स्थलको रुपमा विकास र प्रचार गर्नु पर्ने आजको आवश्यकता देृखिन्छ । इतिहाँसमा अयोध्यालाई ‘‘अयोज्झा र अयुधा नामले चिनिन्छ भनि विद्वानहरुले विभिन्न छापामा लेख लेखेका छन् । भारतिय अध्येता विमल चरण लाहा, नुन्दो लाल डे ले आफ्ना पुस्तकमा लेखेका छन्, अयोध्यालाई साकेत्, इक्ष्वाकुभूमि, कोशल र रामपु्री भन्ने गरेको प्रमाण पाइन्छ ।
बौद्धमार्गिले साकेत् भन्ने शब्द प्रयोग गर्ने गर्दछन् । चिनिया यात्री हाफिवयानका अनुसार साकेत भन्नाले अहिलेको भारतको अयोध्या भन्ने अर्थ लाग्दैन । साकेत शब्दलाई अध्ययन गर्दा हालको भारतिय अयोध्या नै हो भनि निष्कर्ष निकाल्न नसकिने कुरा अध्येता हान्स बेक्करले उल्लेख गरेको भोगीराज चाम्लीङको लेखमा पढ्न पाईन्छ । उहाँ लेख्नु हुन्छ नुन्दलाल डे को पुस्तक अनुसार लामो समय देखि बौद्ध र जैनको प्रभाव रहेको भारतको अयोध्यामा दास्रो सताब्दीमा भारतका गुप्त राजा विक्रमादित्यले हिन्दु तिर्थस्थलको रुपमा पुर्नस्थापित गरेका हुन् ।
यसरी साकेत भारतमै हो भनि प्रष्ट हुन सकेको छैन । भारतिय पुरातत्वविद् तथा अध्येता एच.डी.संकालियाले पनि विभिन्न खोज गरेका छन् तर उनले पनि अयोध्या भारतमै हो भनि किटान गर्न सकेका छैनन् भनि संस्कृतिविद् तथा इतिहाँसविद् प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले विभिन्न अन्र्तवार्ताहरुमा भन्नुभएको छ । भारतिय विद्वानहरु विमल चरण लाहा, नुन्दोलाल डे, एच.डी. संकालिया र अध्येता हान्स बेक्करले पनि अयोध्या भारतमै हो भनि प्रमाणित गर्न सुकेका छैनन ।
अनलाईन मिडियामा आएका समाचारलाई हेर्दा भारतिय उपन्यासकारले पनि अस्विकार गरेका छन् । भारतका प्रसिद्ध उपन्यासकार स्वर्गिय कमलेश्वरले सन् २००० मा प्रकाशित गरेको उपन्यास “कितने पाकिस्तान” मा भारतको अयोध्या राम जन्मभूमि नभएको पुष्टि गरेका छन् । जुन कुरालाई नाम्बर सिं अमृता प्रितम, हिमांशु जोशी, विष्णु प्रभाकर जस्ता लेखकले प्रसंसा गरेका छन् । र भारतका सबैजसो पत्रपत्रिकामा समिक्षा लेखेका थिय ।
यतिखेर रामायणनै कहाँ लेखियो र कुन भाषामा लेखियो भन्ने तर्कहरु आएका छन् तर अयोध्या नेपालमा नै पर्ने प्रमाणहरु थुप्रै रहेको विज्ञहरुले बताउँदै आएका छन् । यस विषयमा नयाँ नयाँ कुराहरु आइरहेकोले प्राज्ञिक विषय वनेको छ । बाल्मिकी रामायण र रावणको सांस्कृतिक सप्रसंग व्याख्या गरिनुपर्दछ । वास्तवमा यसिया महाद्विपमा ठाउँ अनुसार फरक फरक रामायण लेखिएका छन् र कथाहरु पनि फरक फरक छन् भनि उपकुलपति जगमान गुरुङ बताउनु हुन्छ । रामायण वाल्मिकीले नै लेखेका हुन् । सोना, भद्रा र नारायणी नदिको त्रिवेणीमा रामायण लेखिएको वताइन्छ । नेपालमा बसेर लेखिएको रामायणका कथा बस्तु ऐतिहाँसिक कालमा कसै गरि पनि भारतिय भुगोलको व्याख्या गर्न सम्भव छैन ।
रामायणका ऐतिहाँसिक कथा र प्रसंगलाई विवेचना गर्दा पनि भारतको कथित अयोध्या र नेपालको सिता जन्मभूमि जनकपुर भौगोलिक दुरीका कारणले पनि अमिल्दो छ । हालको नेपाल स्थित अयोध्यापुरीमा रहेको भुगोलको तथ्यहरुले पनि प्रमाणित गर्न मद्दत गर्दछ । त्याँहा स्थित परशुराम कुण्ड बाल्मिकी आश्रम, पाण्डव नगर, सोयेश्वर गढी, सिता स्तम्भ लगाएतका ठाउँले बस्तु स्थितिलाई झल्काउँदछ । त्यहाँका स्थानियका अनुसार घर बनाउदा राम, सिता, लक्ष्मण अंकित पुराना पैसा र अवशेषहरु फेला परेको बताइन्छ ।
सरयु नदि नेपालबाट बग्दै भारत पुगेको छ । सो नदि भारतको घाघर नदिमा मिसिन्छ । नेपालबाट गई मिसिएको नदिलाई भारतियहरुले सरयु नदि नाम दिएको पाइन्छ । सरयु नदिको दोभानमा एउटा शहर थियो भनिन्छ । जुन भारतको फौजावाद स्टेशन बाट छ माईल टाढा छ र अयोध्या कन्नौजबाट १५० माइलको दक्षिण पुर्वमा रहेको छ भनि भारतिय लेखक हरुले नै पुस्तकमा लेखेका छन् । भारतको जुनसुकै स्थान बाट पनि नेपाललाई हेर्दा दक्षिण पुर्व र उत्तर दिशा नै पर्न जान्छ भौगोलिक नक्सालाई हेर्दा पनि अयोध्या भारतिय भुमिमा पर्ने प्रमाण पुग्न सक्दैन ।
जस्तै हालसालै काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा यस्तै यउटा ऐतिहाँसिक तथ्य फेला परेको थियो । यसले पाँचखाल भनि ठाउँको नाम कसरी रहन गयो भन्ने तथ्यलाई प्रमाणित गर्दछ । सत्ययुगमा सतिदेवीले यज्ञ कुण्डमा हाम फालेपछि शिवजीले मृत शरिर बोकेर पृथ्वी भ्रमण गर्नृभएको थियो । यसै क्रममा हालको दु्ग्धेश्वर मन्दिर भएको स्थानमा स्तनको छाला र दुधको धारा पतन भएको थियो । सो दुध पिप बनेर पोखरी बनेको कथाहरुमा उल्लेख छ । सो स्थानमा पोखरी बनाईएको छ । त्यहाँ पाँच पाण्डवहरुले तपस्या गर्दै पाँच वटा खाल चलाएर जुवा खेलेकोले पाँचखाल रहन गएको पुरातत्व विभाग अभिलेखालयमा उल्लेख छ ।
यो ठाउँमा लिच्छविकालिन र किरातकालिन राजाहरुले राज्य गरेको प्रमाण पाइन्छ । यस्तै एउटा राष्ट्रिय दैनिकमा एक जना विद्वानले दुई महिना अगाडि रावण नेपालको बाग्लुङ पर्वतमा जन्मिएका थिय भनि लेख प्रकाशित गर्नुभएको थियो । वेला वेलामा यस्ता विषय उठ्ने गर्दछन् तर त्यसको निरन्तरता र उचित खोज अनुसन्धान गरिएको पाईदैन । छापा लगाएत सञ्चार माध्ययमहरुमा पनि प्रचार प्रसार गरिदैन त्यो दुःखद् पक्ष हो ।
अहिले चर्चामा रहेको राम जन्मभुमि अयोध्यापुरी, रावण जन्मभूमि बाग्लुङ पर्वतलाई यथेष्ठ प्रमाणहरु जुटाएर पुरातत्व विभाग तथा राष्ट्रिय अभिलेखालयले अध्ययन गरि प्रमाण संरक्षण गर्न तत्काल लाग्नु् पर्ने देखिन्छ । साथै पाण्डवहरुले तपस्या गरेको पवित्र स्थल काभ्रेको पाँचखाललाई पनि महत्वका साथ हेरी संरक्षण र विकास गर्दै जन स्तरमा प्रचार प्रसार गर्नु जरुरी देखिन्छ । अन्तत ः साना र ओझेलमा परेका तर विश्व सम्पदा सूचिमा सूचिकृत हुने महत्व बोकेका सांस्कृतिक ऐतिहासिक र पुरातात्विक सम्पदाहरुलाई छिमेकि हरुले हस्तक्षेप नगर्लान भन्न सकिँदैन ।विभिन्न आलेख र अन्तवार्ताहरुमा आधारीत
प्रतिक्रिया दिनुहोस