आमा आज तिम्रो सामू झरिपछी उदाएको इन्द्रेणी झै राम लक्ष्मण जस्तै छोराहरुको साथमा हास्दै गाउदै
आमा आज तिम्रो सामू
झरिपछी उदाएको इन्द्रेणी झै
राम लक्ष्मण जस्तै छोराहरुको साथमा
हास्दै गाउदै , रम्दै र रमाउदै
पीर ब्याथालाइ शब्दजालमा बुन्दै
भावनाको अथाह सागरमा पौडिन
भौगोलिक दृष्टिले टा……ढा
आत्मिक दृष्टिमा नजिक
उ त्यो पारी देखिने तिमालको डाडा
तिम्रो आखाबाट निकै दूर रहेको
सिन्धू भूमी र गौरीशंकरको काखबाट
आमा तिमीसङ्ग आशिर्वाद लिन
म सङ्गै अरु छोराछोरी नि आएका छन
धेरै सन्तान भएर नि एक्लो एक्लो
युवा विहीन उजाडिएको बस्तीमा
प्रकृतिले घुम्टो ओडाइ रहदा
आकाशबाट गङ्गाजलले स्वागत गरिररहदा
आमा हाम्रो सानो झुपडी भित्र
विशाल गगनचुमी मन बोक्नेहरु
तिम्रै काखमा लुट्पुटिन आएका छन ।
चार दशक नाघेको तिम्रो उमेर
उमेरको ढल्काइ सङ्गै फुलेको सेतम्य शिर फूल
सिचाइ नभएको खेतको गराजस्तो
एक पछि अर्को छुट्टिएर बसेको
पैतलाको मांसपेशीहरु
इस्त्री नगरेको कपडा जस्तो
खुम्चिएर मुजा परेको निधार त्यस माथी
हातको पाली बनाउदै
म आउने बाटो
सुनकोसी माथीको झुलुङ्गे पुल
रुपाकोटको ओरालो
दूर दृष्टि नजर बिछ्याउने मेरि आमा
म भलाकुसारी गर्न आइ पुगेको छु ।
आमा ! अथाह मायाको तारिफ कुन शब्दमा गरुँ ?
म पर्दे्शिदा बिछोडको पिडामा झरेको आँसु
म फर्केर आउदा गर्वले फुलेको छाती
खुसीले आश्रु सागरमा पौडिएको आखाको नानी
हो आमा ! साच्चै तिमी भित्र मैले आज
अदृश्य शक्ति ममताको भाव छचल्कि रहदा
मैले पनि मन थाम्न नसकी आँखा रसाउन पुगेछु
मेरो आँखाबाट झरेको नुनिलो पानी
पुछेर मलाई खुसीको संसार देखाउने मेरि आमा
तपाईंले झै खुसी दिन सक्ला य नसक्ला
तर आमा ! दुस्ख त पक्का दिनेछैन
सकभर खुसी ल्याउने कोसिस गर्नेछु
त्यसैले आमा म पनि सङ्गै रहने छु
यो सुन्दर बस्ती अनि तिम्रो न्यानो काख
तिमीलाई रुवाउदै छाडी जाने छैन
सन्तानलाई काखमा पाउँदा
मनको पीडा बेदनालाइ
सुनकोशीमा बगाइ
पवित्र को म्हेन्दो झै फुल्नुस है
सधै सुरक्षित र खुसी साथ………. ।
लेखक संजय योन्जन तामाङ
सुनापति ५ रुपाकोट (रामेछाप)
प्रतिक्रिया दिनुहोस