–दिनेश राज खरेल
२०६७ सालमा मैले ‘‘ आङ सान अफ वर्मा” नामक पुस्तक पढने मौका पाएँ । त्यो पुस्तक मलाई बर्मेली नागरिकले उपलब्ध गराएका हुन् । उनको नाम टुटु बर्मेली हो । सो पुस्तकमा प्रजातन्त्रिक नेतृ आङ साङ सुकीको बारेमा वर्णन गरिएको थियो । सुकिले बर्मामा प्रजातन्त्रको लागी पु¥याएको त्याग, तपस्या, योगदानको वारेमा समेटिएको छ ।
मेरो पुस्तकालयमा टुटु वर्मेलीले दिएको पुस्तक ‘‘ आङ साङ अफ वर्मा” र ‘‘ द लाष्ट माइग्रेसन” पुस्तक सुरक्षित छ तर वर्मेली मित्र टुटुको अवस्था के छ ? थाहा छैन । आज भन्दा वाह्र वर्ष अगाडि भेटिएका टुटु पाँच वर्ष सम्म मेरो अनन्य मित्र बने । पाँच वर्षसम्म हाम्रो खानपान र उठवस संगसँगै भयो । पाँच वर्षदेखि उनी मेरो सम्पर्कमा छैनन् । हितैसि मित्र बर्मेलिलाई मैले फेसबुक म्यासेन्जर र इन्ष्टाग्राममा हजारौ पल्ट सर्च गरिसकेँ ।
गत १ फ्रेबरीमा सेनाले कु गरेपछि मलाई उनको सम्झनाले सताउन थाल्यो । फेरी मार्च २८ मा भएको म्यानमार नरसंहार घटनाले झन विचलीत बनायो । त्यसपछि मेरो दिमागमा टुटुको तस्विर मात्र घुम्न थाल्यो र यो स्टोरी लेख्न वाध्य भएँ ।
पुस्तकको शिर्षक ‘‘ द लाष्ट माइग्रेशन” जस्तै टुटु वर्माको सैनिक शासकद्धारा बसाई सारिएका हुन् । बर्मामा सन् १९४८ मा बेलायती साम्राज्यको उपनिवेशबाट स्वतन्त्र भयो । त्यसको १० बर्ष सम्म स्वतन्त्र संवैधानिक सरकारले शासन ग¥यो टुटु र उनका वुवा सहित सपरिवारलाई १९८८ को सैनिक शासकले २५ वर्षसम्म देश फर्कन नपाउने गरी देश निकाला गरेको थियो । उनका वुबा आङ सान सुकीसँगै प्रजातन्त्रो लागी संघर्ष गरिरहेको थिए । टुटुका अनुसार उनी विद्यार्थी राजनीतिमा सक्रिय थिए ।
टुटुलाई मैले नेपालमा भेटेको हुँ । वर्मेली सरकारले देश निकाला गरेपछि उनी शरणार्थीका रुपमा नेपाल आईपुगेका थिए । उनी पढेलेखेका व्यक्ति थिए । टुटु विश्वविद्यालयका विद्यार्थी नेता हुन् । उनको अग्रेजी पढ्ने र लेख्ने साथै बोल्नमा राम्रो दख्खलता थियो । पारिवारिक विछेडमा परेका टुटु साह्रै स्नेहि र सुख–दुख बुझ्ने स्वभावका थिए ।
उनको परिवारमा आमा, बुवा र छोरा थिए । मामा, बुबा कहाँ के गर्दै छन् । कस्तो अवस्थामा छन् केहि पत्ता थिएन । उनकी श्रीमति र छोरा शरणार्थी कोटामा अमेरिका पुगेका सुनाउथे । कहिले काहि श्रमिति र छोरा सँग फोनमा कुरा पनि गर्दथे ।
सन् २०१० मा वर्मामा प्रजातन्त्र पुनस्थापना भयो । आङ सान सुकीलाई नजरबन्द मूक्त गरेपछि टुटु खुशी भएका थिए । उनलाई देश फर्कन पाउँने आशा पलाएको थियो । टुटु आफूले पाएको दुःख र शास्तीको फेहरिस्ता सुनाउँदै सैनिक सरकारलाई गाली गर्दथे । सुकीलाई नजरबन्द मुक्त गरिएको दिन उनी र म संगै टि.भी हेरिरहेका थियौं । नेपाली समाचार हेरिरहेका टुटु हर्षको सिमाना भित्र अटन सकेको थिएनन् । उनले मुठ्ठी बाटेर भित्तामा हानेका थिए भने छातीमा हात राख्दै आँखा चिम्लिएर बुद्धलाई प्राथना गरी गुम्बामा दिप प्रज्वलन गरेका थिए ।
प्रजातन्त्र स्थापना भएपछि स्वदेश फकिएएका भए उनको लागी राम्रै भयो होला । वर्मा नगएका भए सायद पून म सँग भेट हुने थियो । अमेरिका पुगेका भए उनको श्रीमति र छोरासँग भेट भयो र पारिवारिक पूर्नमिलनका साथ रमाइरहेका होलान् ।
प्रतिक्रिया दिनुहोस