अर्जुन मैनाली
रक्त–अल्पता, रक्तश्राव लगायतका बिरामीहरु बच्चाउन सयौं बर्ष पहिलादेखी डाक्टरहरु प्रयासरत थिए । त्यतिखेर डाक्टरहरुले आमाको दुध, गाइको दुध, भेडाको रगत बिरामीहरुलाई संचार गरेर जोगाउने प्रयास गरेका थिए । तर यी उपायहरु बिरामीको रगतमा घुलित हुन सकेनन् । बिरामीको शरीरमा फोका उठ्ने, चिलाउने, रगत फाटेर तत्कालै मृत्यु हुन्थ्यो । पछील्ला दिनहरुमा डाक्टरहरुले बिरामीहरुलाई मानव रगत संचार गरे । कुनै बिरामी बिसेक हुन्थे त कुनैको मृत्यु । सन् १९०१ मा कार्ल ल्यान्डस्टेनरले मानव शरिरमा ए, बि र ओ रगत समुह हुनेरहेछ भन्ने ज्ञान पत्ता लगाए । त्यसपछी बिरामीको जुन समुहको रगत छ त्यही नै समुहको रगत संचार गर्दा धेरै बिरामी बा“चे ।
अहिलेसम्म रगत कुनै प्रगोगशालामा बन्न सकेको छैन । कसैलाई रगत चाहिए स्वस्थ ब्यक्तिले नैं दिनैपर्छ । अरुलाई रगत दिनेको जती नै प्रशंसा गरे पनि पुग्दैन । त्यस्ता रक्तदातालाई सम्मान स्वरुप धन्यवाद ज्ञापन गर्न तथा रक्तदानको आवश्यकताबारे विश्वब्यापी चेतना फैलाउन सन् २००४ देखी जुन १४ लाई विश्व स्वास्थ्य सङ्गठनले विश्व रक्तदाता दिवस मनाउदै आइरहेको छ । यो दिन मानव रक्त समुह पत्ता लगाउने तीनै बैज्ञानिक कार्ल ल्यान्डस्टेनरको जन्मदिन हो । यस बर्षको विश्व रक्तदाता दिवसको नारा ‘रगत दिनुहोस र संसारको धड्कनलाई चलायमान बनाइ राख्नुहोस’ छ ।
विश्व स्वास्थ्य सङ्गठनको सन् २०१९ को प्रतिवेदन अनुसार त्यस बर्ष करीब १२ करोड पोका रगत दान गरियो । त्यती रगतले विश्वभरका बिरामीलाई उपचार गर्न अझै रगत अभाव छ । हाम्रो देश नेपालमा वार्षिक ३ लाख हाराहारी पोका रगत दान हुन्छ । यो पर्याप्त छैन । सबै बिरामीको सजिलै रगतमा पहु“च पु¥याउन त्यस देशको जनसंख्या अनुसार २ प्रतिशत भन्दा बढीले रगत दान गर्नै पर्छ । आज हामीले दान गरेको रगतले कसैले नय“ा जीवन पाउछ । भविष्यमा हिजो दिनेलाई आवश्यक पर्न सक्छ । त्यतिबेला अरुले दान गरेको रगत नैं उपयोगी हुन्छ ।
हामी धेरैजसोले सानै उमेर देखी नै ‘रक्तदान–जीवनदान’ शब्दावली सुन्दै आएका छौं । कलेज पढ्नेबेला ‘द ब्लड डोनर’ पाठले मलाई पनि रक्तदान गर्न प्रेरणा दियो । मैले २० अगष्ट, १९८७ मा पहिलो पटक रक्तदान गरेको थिए । मेरो रक्तसमूह ओ–पोजेटीभ रहेछ । विश्वभर रक्तदान गर्नेहरुमध्ये १ प्रतिशतभन्दा कमले मात्रै सयौं पटक रक्तदान गर्न सकेका छन । यो अपवादको सूचीमा म पनि परेछु । मानविय सेवामध्ये सबैभन्दा ठुलो रगत दान हो भन्ने मलाई लाग्छ । मैले आजको दिनसम्म ६ वटा महादेशका १७ वटा मुलुकमा पुगेरै हजारौं युवाहरुमाझ रगतदान गरेको छु । रक्तदान गर्नुपर्छ भनेर सन्देश दिएको छु ।
यो कोरोना महामारीमा बिरामीहरू बचाउन झन बढी रक्तदान गर्नुपर्छ । अप्रिल २४, २०२० देखि, जनवरी १२, २०२१ बिच मैले २३ पटक (४ पटक रगत र १९ पटक प्लेटलेट्स) दान गरे“ । यो नौं महिनाको अवधिमा ११ लिटर दान गरेछु । यो सामान्य रक्तदान मात्र नभई असाधारण कार्य रहेछ । मेरो आफ्नै रगतले सयौं बिरामीलाई बचाउन सहयोग मिलेकोमा सन्तोष मानेको छु । अरूको जीवन बचाउन प्रयास गर्दा कुनै पनि कमजोरी महशुष भएन । त्यसैले तपाईहरुमार्फत म सम्पूर्ण युवाहरुलाई वर्षमा कम्तीमा एक पटक भए पनि रक्तदान गर्न अनुरोध गर्दछु ।
रक्तदान गर्दैमा कमजोरी भईदैन भनेर जनचेतना जगाउन सन् १९९० डिसेम्बर ५ तारिखका दिन मेरो १६ औं पटक रक्तदान गरेर नेपालमा ३१ दिनसम्म लगातार साइकल यात्रा गरेको अनुभब मसङ्ग छ । त्यसैले रक्तदान गरेमा कमजोर भइने, रिङ्गटा लाग्ने भने भ्रम मात्रै हो । रक्तदानमा जानुअघि खाना खाएको हुनुपर्छ । २४ घण्टा यता प्रशस्त तरल पदार्थ वा पानी पिउनु पर्छ । यदी शरिरमा पानीको मात्रा कम वा भोको पेट भएमा रिङ्गटा लाग्न सक्छ । कमजोरी भएको अनुभव हुनसक्छ । रक्तदान गर्न आफु पूर्ण रुपमा स्वस्थ हुनैपर्छ । रक्तदान अघि स्वास्थ्यकर्मीले रगतमा आईरनको मात्रा, रक्तचाप, नाडिको गती, शारीरिक तापक्रम आदी परीक्षण गर्छन् । स्वास्थ्य सम्बन्धि बिगतबारे सोध्छन् । रक्तदाता र बिरामीको स्वास्थ्यबारे उनीहरू सजग रहन्छ नैं ।
रक्तदान दर बृद्धि गर्न रक्तदातालाई संगठित गर्न सन् १९८९ मा ‘ब्लड डोनर्स एसोसिएसन नेपाल’ को संस्थापक सदस्य, सन् २००९ मा ‘ब्लड डोनर्स अफ अमेरिका’ र सन् २०१४ मा ‘इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स’ को संस्थापक अध्यक्ष भई“ काम गरे । सन् २०१९ मा विश्व स्वास्थ्य संगठनले अफ्रिकाको रुवान्डामा विश्व रक्तदाता दिवस आयोजना गरेको थियो । त्यहा मुख्य वक्ता भई रक्तदान उत्प्रेरणाका कुराहरु प्रस्तुत गरे । यसरी गाउदेखी राष्ट्र हुदै अन्तराष्ट्रिय समुदायसम्म अग्रपंक्तिमा रहेरै रक्तदान बढाउन प्रयास गरे ।
अचेल साथीहरूले मलाई ‘हि ईज ब्लड डोनर’ भनी चिनाउछन् । कार्ल ल्यान्डस्टेनरले देखाएको गोरेटो हिड्दै मैले पनि धेरैलाई बच्चाउन सके“ । अमुल्य रगत दान गरेर अरुलाई बच्चाउन प्रयास गर्नु हुने तपाईं सम्पूर्ण रक्तदाताहरुलाई विश्व रक्तदाता दिवसको अबसरमा धन्यवाद दिन चाहन्छु ।
अर्जुन मैनाली
न्यूयोर्क, संयुक्त राज्य अमेरिका
प्रतिक्रिया दिनुहोस