बनेपा उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभाबाट रिक्त संचालक समितिको पदमा डा.
नवसंकेत अनलाईन
बनेपा
उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभाबाट रिक्त संचालक समितिको पदमा डा. दिव्यश्वरी लाखे र विद्या पोटे निर्वाचित भएका छन् ।संस्थाको संचालक समितिलाई पूर्ण रुपमा समावेशी बनाउको लागि २ जना महिला सदस्यहरु संचालक समितिमा निर्वाचित भएको कानूनी सल्लाहकार रमेशप्रसाद हुमागाईंले जानकारी दिए । संस्थाका अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेको सभापतित्वमा सम्पन्न साधारणसभामा सचिव दियेशरत्न शाक्यले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले वार्षिक आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
२ हजार २ सय ५१ जना शेयरसदस्यबाट शेयरपूँजी ५ करोड १५ लाख ४५ हजार तीन सय, ३ करोड २८ लाख १५ हजार निक्षेप संकलन भएको संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो |
प्रतिक्रिया दिनुहोस