२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

सूचनाको हक सम्बन्धि अन्तक्र्रिया


२६१९ पाठक संख्या

मुलुक भरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ केन्द्रले पत्रकार, समावेशिता र सूचनाको हक सम्बन्धी

  • नवसंकेत अनलाईन
  • २०७४ माघ २३, मंगलबार मा प्रकाशित ६ साल अघि
  • मुलुक भरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ केन्द्रले पत्रकार, समावेशिता र सूचनाको हक सम्बन्धी अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ ।

    नेपाल पत्रकार महासंघ मधेश समितिको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटाले जनतालाई सार्वजनिक सूचनाको जानकारी राख्ने अधिकार रहेको भन्दै सूचनाको हक सम्बन्धी अधिकार प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो । संघीय शासन प्रणाली भएका मुलुकहरुमा प्रदेश सूचना आयोगहरु रहेको भन्दै उहाँले नेपालमा पनि प्रदेशस्तरीय सूचना आयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।


    कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सूचनाको हक सम्बन्धी कानूनको प्रयोगबाट समाचारको गहिराइसम्म पुग्न सजिलो हुने बताउनुभयो । कार्यक्रममा मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, मधेश मिडिया हाउसका अध्यक्ष डा.राजेश अहिराज, महासंघका पूर्व सचिव धर्मेन्द्र कर्ण, सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष निमेश कर्ण, पत्रकारहरु सुबक महतो, अनिलकुमार कर्ण, विरेन्द्र केएम लगायतले सूचनाको हकको बिषयमा आ—आफ्नो धारणा राख्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु