तेमाल-माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को गाउँभेला सोमबार नारायणस्थानमा सम्पन्न भएको छ । भेलाले सिर्जना
तेमाल-माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को गाउँभेला सोमबार नारायणस्थानमा सम्पन्न भएको छ ।
भेलाले सिर्जना दोङको अध्यक्षतामा ११ सदस्यीय तेमाल गाउँ कमिटि निर्माण गरेकोे छ । कमिटिको उपाध्यक्षमा अञ्जु लामा, सचिवमा अजय लामा, सह–सचिवमा सुस्मिता रायमाझी, कोषाध्यक्षमा मेलिना लामा र सदस्यहरुमा जानुका मैनाली, वालकृष्ण रायमाझी, सुनिता लामा, विशाल लामा, आकृति लामा, हरिमाया लामा र अनिता लामा रहेका छन् । भेलामा तेमालका सबै मावि तहको वद्यालयबाटसहभागी भएका थिए ।
कार्यक्रममा माओवादी केन्द्र तेमाल गाउँ कमिटीका अध्यक्ष डिएम लामा, संगठन विभाग प्रमुख ग्याम्जो लामा, अखिल(क्रान्तिकारी) काभ्रेका उपाध्यक्ष युवराज लामा, जिल्ला सदस्य सिर्जना दोङले बधाई तथा प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया दिनुहोस