२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

 आजादको विद्यार्थी भर्ना अभियानमा राज्यमन्त्री


४०६७ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख ६, बिहिबार मा प्रकाशित ६ साल अघि
  • आइ.आर.के मैनाली

    पाँचखाल-सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विद्यालय भर्ना अभियानका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं. १२ बालुवाका रिजन दनुवारलाई विद्यालय भर्ना गर्नुभएको छ ।

    बालुवास्थित श्री आजाद माध्यमिक विद्यालयमा नै पुगेर उहाँले कक्षा १ मा भर्ना गर्नुभई अभिभावकत्व ग्रहण गर्नुभएको हो । राज्यमन्त्री बाँस्कोटाले आदिवासी जनजाति अन्तर्गत अति सिमान्तकृत समूहका दनुवार बस्तिका राजकुमार दनुवारको छोरा बर्ष ६ का रिजनलाई कक्षा १ मा भर्ना गर्नुभएको हो । सो अवसरमा बोल्दै उहाँले आम सचेत नागरिकलाई पनि सामाजिक उत्तरदायित्व पूरा गर्न आग्रह गर्नुभयो उहाँले शिक्षाले नै सभ्यता, ज्ञान, बुद्धि, क्षमता र जीवन बाँच्ने कलाका साथै अरुलाई सहयोग गर्ने बुद्धि सिकाउने भएकाले यसैमा सबै चिज प्राप्त हुने उल्लेख गनुभयो ।

    उहाँले भर्ना यो बर्षलाई मात्रै नभई भर्ना भएका नानिबाबुको आधारभूत तह (कक्षा १० सम्म)को जिम्मा आफ्नो भएको समेत बताउनुभयो । हरेक साल नानिबाबुलाई आवश्यक पर्ने बाँकी सबै चिज आफुले उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

    उहाँले आम नागरिकलाई हामी गरिब छौं, विकास गर्न सक्दैन भन्ने चिन्तनबाट मुक्त भई गरिबहरुले नै विकास गर्ने वेला भएको बताउनुभयो । विकासको कुरामा साझा मान्छेहरुले सबै कुरालाई साझा रुपमा लिएर समाज र राष्ट्रलाई समृद्ध र सुखि एवं स्वाभिमान उच्च बनाउनको निमित्त सबै मिलेर काम गनु पर्नेमा जोड दिनुभयो ।

    सोही क्रममा पाँचखाल नगरपालिकका प्रमुख महेश खरेल लगायत ६ जनाले त्यहाँका आर्थिक अवस्था कमजोर भएका अभिभावकका बालबालिकाहरुलाई विद्यालय भर्ना गरेका छन् । भर्ना हुनेहरुमा नगरका प्रमुख खरेलले उत्तम दनुवारका छोरा गुञ्जन दनुवार, जिल्ला शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङले रबि दनुवारकी छोरी सविना दनुवार, समाजसेवी नारायण अधिकारीले श्याम श्रेष्ठका छोरा सन्तोष श्रेष्ठ, प्राचार्य मदन लुईटेलले भिमबहादुर मानन्धरकी छोरी पूर्णीमा मानन्धर र पत्रकार दिपक समिरले कृष्ण दनुवारकी छोरी सरला दनुवारलाई आज नै सोही विद्यालयमा कक्षा १ मा भर्ना गराउनुभई अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

    विद्यालयका प्रधानाध्यापक प्रल्हाद प्रसाद तिमल्सिनाले राज्यमन्त्री, शिक्षा अधिकारी, नगरका प्रमुख तथा समाजसेवी व्यक्तित्वहरुको अभिभावकत्व पाएका कारण विद्यालय अझ मजबुद भएको महशुष गरेको बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार