२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

स्वर्ण महोत्सवको अवसरमा स्वास्थ्य शिबिर, शिविरमा पाँचलाखको औषधि निःशुल्क बितरण


२७६२ पाठक संख्या

पाँचखाल-काभे्र सहकारीको स्वर्ण महोत्सबको अवसरमा आर्थिक विकास वचत तथा ऋण सहकारी संस्थाले निःशुल्क स्वस्थ्य शिविरको

  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख २४, सोमबार मा प्रकाशित ६ साल अघि
  • पाँचखाल-काभे्र सहकारीको स्वर्ण महोत्सबको अवसरमा आर्थिक विकास वचत तथा ऋण सहकारी संस्थाले निःशुल्क स्वस्थ्य शिविरको आयोजना गरेको छ । संस्थाले आयोजना गरेको उक्त शिविरबाट ४ सय जनाले सेवा लिएका छन ।
    वि.पि स्मृति सामुदायिक सहकारी अस्पताल बसुन्धरा काठमाडौको प्राबिधिक सहयोगमा सञ्चालन भएको उक्त शिविरमा बिभिन्न रोगका बिशेषज्ञ सहित २५ जना प्राबिधिकहरुको सहभागिता रहेको थियो ।

    संस्थाले आर्थिक कारोवारको साथै सामाजिक हितको लागि समेत विगत लामो समयदेखि कार्य गर्दै आएको छ । सोही अनुसार बिगत लाई निरन्तरता दिदै नि -शुल्क शिविर संञ्चालन गरेको हो । शिविरमा सेवा लिन आएका सेवाग्राहिहरुलाई डाक्टरको सिफारिसको आधारमा नि ः शुल्क औषधि वितरण गरेको थियो ।

    शिविरमा निशुल्क औषधि बितरणको लागि ५ लाखको औषधि व्यवस्थापन गरेको संस्थाका अध्यक्ष सरोज सापकोटले जानकारी गराउनु भयो । अध्यक्ष सापकोटाका अनुसार १ लाखको औषधि संस्थाले खरिद गरेको र अन्य ४ लाख बरावरको औषधिको लागि जिल्ला जनस्वास्थ्य कार्यालय काभे्र, पाँचखाल डाइनोसिस सेन्टरका मेनेजिङ्ग डाईरेक्टर उज्ज्वल अधिकारी साथै पाँचखाल नगरपालिकाको तर्फबाट सहयोग भएको हो ।

    शिविर समापनको क्रममा वि.पि स्मृति सामुदायिक सहकारी अस्पताल बसुन्धरा काठमाडौका कार्यकारी निर्देशक धनबहादुर राना मगरले सहकारीले आयोजना गरेको नि ःशुल्क शिविर संञ्चालनको लागि व्यवस्थापन अत्यन्त राम्रो भएकोले विरामिको परिक्षणको लागि सहज भएको बताउनु भयो । शिविरमा स्वास्थ्य परिक्षणको क्रममा अपे्रशन गर्नु पर्ने अवस्थाको बिरामीहरुलाई आफ्नो संस्थाले सहयोग गर्ने बताउनु भयो । सहकारी संस्थाले शिविरको आयोजना गरी पुण्य आर्जन गरेको वताउंदै यस्ता राम्रा कार्यको लागि संस्थाले सहयोग गर्ने वताउंदै स्वयंसेवकको भुमिका निर्वाह गर्ने गोल्डेन फ्युचर उमाविका विद्यार्थीहरुलाई धन्यवाद दिनु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु