२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

खोपासी तालढुंङ्गा सडक तिब्र गतिमा बन्दै, बिस्फोटक पदार्थको अभावमा ट्याक परिवर्तन गर्न बाध्य


३९३८ पाठक संख्या

आर.एल.श्रेष्ठ महाँभारत-काभे्रको विकट स्थानको रुपमा परिचित खोपासि तालढुंगा सडक तित्र्र गतिमा निर्माण हुदैछ । महाँभारत

  • नवसंकेत अनलाईन
  • २०७५ अषाढ १९, मंगलबार मा प्रकाशित ६ साल अघि
  • आर.एल.श्रेष्ठ
    महाँभारत-काभे्रको विकट स्थानको रुपमा परिचित खोपासि तालढुंगा सडक तित्र्र गतिमा निर्माण हुदैछ । महाँभारत गाउंपालिका वडा नं २ मा पर्ने स्याउलेथलि दाहाल डाँडामा खण्डको जटिल स्थानमा ट्याक खोल्ने कार्य भई रहेको छ ।

    उक्त खण्डको लागि ९१ लाखको ठेक्का आह्वान गरिएकोमा आर.आर.कन्स्ट्रक्सन —मेच्छे (प्रोपाईटर शुब्बासिं तामाङ) ले ३६ प्रतिशत कमगरी ६१ लाखमा ठेक्का हालेर काम नगरी छोडेपछि स्थानिय युवा व्यक्तित्व दावा घिसिंङ समेतले आफ्नो ठाउको बिकासको दायित्व महसुस गरी उक्त ठेक्का सोही रकममा सकारेर तिब्र गतिमा काम सुरु गरेका छन् ।

    प्राविधिक स्टमेन्टमा विस्फोटक पदार्थ प्रयोग गरी पहरा फुटाउनु पर्ने भएपछि उक्त बिस्फोटक पदार्थ प्राप्तिका लागि निकै संघर्ष गर्नु परेको निर्माण कार्यमा खटिएका दावा घिसिङको दुखेसो छ । उहाँका अनुसार ठेक्का परेका ठेकेदारले अप्ठेरो ठाउ देखेपछि छोडेको बिकास निर्माणको कार्य आफुहरुले गर्दा समेत सम्बन्धित निकायबाट खासै सहयोग नपाएकोमा तिक्तता व्यक्त गर्नु भयो ।

    महिनौ सम्म गृह र रक्षा मन्त्रालय धाउदा समेत बिस्फोटक पदार्थ उपलब्ध नभएपछि ट्याकनै परिवर्तन गरी निर्माण कार्यलाई अगाडि बढाएको छ । उक्त सडक निर्माणको क्रममा झण्डै दर्जनौ मजदुरले ज्यान गुमाई सकेका छन् । एडिबिको एक अरव आर्थिक सहयोगमा सुरु भएको उक्त सडकमा २५ बर्षको यो यात्रा गर्दै गर्दा तस्करी भ्रष्टाचारी र चर्चित गुण्डाहरुको मिलिमतोमा अलपत्र र मृत्यु तुल्य अवस्थामा छोडिएको उक्त सडकलाई पुनर जिवन दिने जमर्को सहित लागि परेका छौं भन्नु हुन्छ निर्माण कार्यमा समर्पित घिसिंङ । खोपासी देखि तालढुंगाको सिक्रे दोभान सम्म ६४ किलोमिटर छ । हाल सम्म ठुलो रकम खर्चिएको सडक निर्माणले आफ्ना भरौटे पाल्ने भन्दा अरु कुनै उपलब्धि नगरेको स्थानियको आरोप रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार