२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

२० बर्षसम्म अदालतमा अल्झेको मुद्धा, मेलमिलाप समितिले टुङ्ग्यायो


३०७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ मंसिर ५, बुधबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-पाँचखाल नगरको न्यायिक समितिसंग न्याय सम्पादनको बिषयमा सरोकारवालाहरु बिच छलफल कार्यक्रम सम्पन्न भएको छ । इक्वल एक्सीस नेपाल, पारसपरिक जवाफदेहीता स्थानिय पहल परियोजनाको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रमको समन्वय सामुदायिक सारथी नेपालले गरेको थियो ।

    छलफल कार्यक्रममा पाँचखाल नगरपालीका न्यायिक समिति संयोजक लक्ष्मी दनुवारले न्यायिक समितिमा २४ वटा बिभिन्न बिवादहरु दर्ता भएकोमा ४ वटा समाधान भैसकेको र अन्य समाधानको प्रकृयामा रहेको बताउनु भयो । उहाँले थप्नुभयो बिशेष गरेर देवानी सम्बन्धि बिवादहरु न्यायिक समितिमा दर्ता हुने गरेको सो दर्ता भएका बिवादहरुलाई कानुनी आधारमा छलफल गरी दुवै पक्षलाई जित—जितको महसुस हुनेगरी समाधान गरेको बताउनु भयो ।

    छलफल कार्यक्रममा स्थानिय शिक्षा सेवी दामोदर अधिकारीले नगरमा रहेको न्यायिक समितिको सकारात्मक भुमिकाले गर्दा सामान्य बिवादहरु नगरमा नै समाधान भएको जसको कारण स्थानियहरुको समय साथै आर्थिक वचत भएको बताउनु भयो । सामान्य बिवादलाई लिएर अदालत वा प्रहरीकोमा धाउंदा धेरै खर्च हुने गरेकोमा न्यायिक समितिले निस्पक्षता साथै सहजढंगबाट न्याय दिदा नगरवासिहरुलाई सहज हुने बताउनु भयो ।

    कार्यक्रममा स्थानिय समाजसेवी एवं पाँचखाल नगर मेलमिलाप समितिका सदस्य भोलाप्रसाद अधिकारीले जील्ला अदालत हुदै सर्वोच्च अदालत सम्म पुगेको २० बर्षे पुरानो मुद्धा समेत छलफलको माध्यमबाट मिलापत्र भएको बताउनु भयो । स्थानिय श्याम महर्जन र रत्न श्रेष्ठ बीज भएको जग्गा सम्बन्धि बिवाद सर्वोच्च अदमलत सम्म पुग्दा पनि टुङ्गिन नसकेको अवस्थामा मेलमिलाप समितिले जित—जितको अवस्था सृजना गर्दै टुंङेयाएको बताउनु भयो । उहाँले थप्नुभयो नगरमा रहेको न्यायिक समितिको प्रभाव पर्दै जाँदा आगामी दिनहरुमा बिशेषगरी देवानीसंग सम्बन्धित बिवादहरुको कारण अदालत धाउने संख्या धेरै कम हुने बताउनु भयो ।

    त्यसैगरी उद्योग बाणिज्य संघ पाँचखालका संयोजक राजन कार्कीले पाँचखालमा रहेको न्यायिक समितिले गर्दा स्थानिय स्तरमा भएको सामान्य विवाद अदालत वा प्रहरीकोमा नजाने गरेको बताउनु भयो । समितिले निस्पक्ष ढंगबाट जित—जितको वातावरण तयार गरी छलफलको माध्यमबाट समस्याको समाधान गर्दा बिवादहरु अदालत वा प्रहरीमा जान छाडेर न्यायिक समितिमा आउने गरेको बताउनु भयो ।

    कार्यक्रममा सामुदायिक सारथी नेपालका काभे्र संयोजक भेष बहादुर दनुवारले पारदर्शिताको लागि जवाफदेहीता भन्ने मुल उद्देश्यका साथ अगाडी बढेको सारथी नपालले मुलुकको बिभिन्न ३४ जील्लामा कार्यक्रम संञ्चालन गरेको वताउनु भयो । कार्यक्रमको वारेमा बिभिन्न ३४ वटा रेडियो (एफ.एम) मार्फत फरक फरक समयमा छलफलमा भएका बिषयहरु प्रसारण गर्दै आएको बताउनु भयो । कार्यक्रममा संञ्चारकर्मी ईश्वरी राजकुमार मैनाली,पाँचखाल नगरपालिका वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकाल, न्यायिक समिति सदस्य शिवसरण लामा लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो भने कार्यक्रम संञ्चालन संञ्चारकर्मी ज्वोती श्रेष्ठले गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार