२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

विद्यार्थी सङ्गठनका नेतृत्वसङ्ग उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको छलफल


२६५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ पौष १८, बुधबार मा प्रकाशित ५ साल अघि
  • काठमाण्डौं-संघीय शिक्षा आयोगले नयाँ संघीय शिक्षा नीति ल्याउन लागेको सन्दर्भमा आज विद्यार्थी सङ्गठनका नेतृत्वहरु सङ्ग उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाव लिएको छ ।

    आयोगले तयार पारेको बालबिकास देखि उच्चशिक्षा सम्मको शिक्षाको दुरदृष्टि समेटिएको प्रारम्भिक प्रतिवेदनमा बिद्यार्थी नेताहरू ले महत्वपूर्ण र अमुल्य सुझाव दिनुभएको छ ।

    कार्यक्रममा विद्यार्थी नेताहरू लेखनाथ न्यौपाने, माधव ढुङगेल, रन्जित तामाङ, नैंनसिंह महर, ठाकुर गैंरे, रामकुमारी झाक्री, प्रकाश पोखरेल, पदम जोशी, सन्तोष रायमाझी, युवराज चौंलागाई, जितेन्द्रसिंह महरा, श्यामबाबु गौंतम, तिलकराज भण्डारी, डाचाराज वाग्ले लगायतकाले शिक्षामा सबैंको पहुँच अनिवार्य हुनुपर्नेमा जोड दिनुभयो । सहभागीहरुले अब बन्ने शिक्षा नीतिले शिक्षा क्षेत्रको आमुल परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

    प्रारम्भिक प्रतिवेदनमा भएका कुरा हुबहु कार्यान्वयन गरेर शिक्षा नीति बनाउन सकिए शिक्षामा अग्रगामी छलाङ हुने बिद्यार्थी नेतृत्वले सुझाएका छन् ।
    २०२८ सालको शिक्षा ब्यवस्थालाई विस्थापित गर्न संघीय शिक्षा आयोगले नयाँ सङ्घीय शिक्षा नीति ल्याउन लागेको सन्दर्भमा छलफल आयोजना गरिएको हो ।
    कार्यक्रममा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले हामी सबैको प्रयासबाट देशले खोजेको शिक्षा ब्यवस्था ल्याउन र कार्यान्वयन गर्न सफल हुने बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु