२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

रोशीमा नवनिर्मित विद्यालय भवनहरु हस्तान्तरण, हिमाली गाउँ संरक्षण नेपालकोे भवन निर्माण कार्य जारी


५२४५ पाठक संख्या

रोशी-रोशी गाउंपालिका वडा नं ५ मा ठोकर्पा सिसाखानीमा रहेको गणेश आधारभूूत विद्यालयको सुबिधा सम्पन्न ढंगबाट

  • नवसंकेत अनलाईन
  • २०७५ पौष २४, मंगलबार मा प्रकाशित ५ साल अघि
  • रोशी-रोशी गाउंपालिका वडा नं ५ मा ठोकर्पा सिसाखानीमा रहेको गणेश आधारभूूत विद्यालयको सुबिधा सम्पन्न ढंगबाट निर्माण भएको भवन एक कार्यक्रमको आयोजना गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

    हिमाली गाउँ संरक्षण नेपालको आर्थिक सहयोगमा ५० लाख लागतमा निर्माण भएको ७ कोठे भवन हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै रोशी गाउँपालिकाका अध्यक्ष डिवी लामाले शैक्षिक संस्थाहरुले व्यवहारिक र नयाँ शैक्षिक पद्दतिबाट पठनपाठान गराउने बिषयमा पालिकाले योजना बनाएको बताउनु भयो ।

    गाउँपालिकामा कोही पनि बालबालिकाहरुलाई कुनै पनि बहाना गरी शिक्षाबाट बञ्चित नराख्न अध्यक्ष लामाले अभिभावकहरुलाई अनुरोध गर्नु भएको थियो । विद्यालय भवन निर्माणका लागि सहयोग जुटाएको भन्दै हिमाली संरक्षण नेपालले पु¥याएको योगदानको वारेमा चर्चा गर्नु भएको थियो ।

    त्यस्तै कार्यक्रममा विशेष अतिथि शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले शैक्षिक संस्थाहरुमा अभिभावक र समुदायको सहभागिता अनिवार्य रुपमा हुनुपर्ने बताउनु भएको थियो । उहाँले थप्नुभयो शिक्षामा धेरै सुधारको आवस्यकता भएकोले सुधारगर्ने कार्यको लागि सरकार लागि परेको बताउनु भयो ।

    विद्याललय भवन हस्तान्तरण गर्दै हिमाली गाउँ संरक्षण नेपालका अध्यक्ष तथा समाजसेवी निरध्वज लामाले समाजमा शैक्षिक पूर्वाधारको अभावबाट कुनै पनि बालबालिकाले शिक्षा हासिल गर्न समस्या नपरोस भन्ने उद्देस्यका साथ आफु अगाडी बढेको बताउनु भयो ।। अध्यक्ष लामाले बालबालिकाको नैसर्गिक अधिकारलाई कुण्ठित नपार्न अभिभावकलाई सुझाव दिदै जस्तो सुकै समस्या आउंदा पनि विद्यालयमा अध्ययनको लागि पठाउन अनुरोध गर्नु भयो ।

    त्यसगरी भुमेस्थान मावि विद्यालय ५५ लाख ३१ हजारमा ७ कोठे भवन निर्माण भएको छ । हस्तान्तरण कार्यक्रममा रोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण बस्याल, रोशी वडा नं ६ का अध्यक्ष पदम लामा, रोशी वडा नं ५ का अध्यक्ष तिर्थ लामा, हिमालय प्रोजेक्टका हिमालय प्रोजेक्टका अध्यक्ष माईकल होसेले, सचिव स्टेफन होयर, हिमाली गाउँ संरक्षण नेपालका अध्यक्ष निरध्वज लामा, विद्यालयका प्रअ उमेश पराजुली, गायक विश्व दोङ, विव्यस अध्यक्ष योगचन्द्र लामा, शिक्षिका प्रमिला थापा लगायतले विद्यालय निर्माणमा सहयोग गर्ने संस्थालाई धन्यवाद दिनु भएको थियो । त्यसैगरी ३६ लाख ९० हजारको विद्या विकासको ३ कोठे भवनको रोशी गाउँपालिकाका अध्यक्ष डिवि लामाले उद्घाटन गर्नु भएको थियो ।

    त्यस्तै तेमाल गाँउपालिकाको वडा नम्बर ८ को जनज्योती माध्यमिक विद्यालय भोज्र्याङमा ८ कोठे पक्की नवनिर्मित भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । हिमाली गाउँ संरक्षण नेपालले कुल ५६ लाख ५० हजार ६ सय ३८ मा विद्यालय भवन निर्माण गरेको हो । ८ कोठे पक्की भननसंगै २ वटा शौचालय पनि निर्माण गरेको छ । ३४ लाख १५ हजारमा कालिगंगाको ३ कोठे भवन र ६५ लाख ६७ हजारको लागतमा कृष्ण गोपाल माविको ६ कोठे पक्की भवन पुनःनिर्माण गरेको छ ।

    हस्तान्तरण कार्यक्रममा नेपाल शिक्षा निर्देशनालय प्रदेश नम्बर ३ का कार्यवाहक निर्देशक दिनेश श्रेष्ठ, नेपाल शिक्षक संघ प्रदेश नम्बर ३ का अध्यक्ष नारायण तिमिल्सीना, गाउँपालिका उपाध्यक्ष दुर्गामाँया तामाङ, हिमाली गाँउ संरक्षण नेपालका अध्यक्ष निरध्वज लामा, पुर्व विद्यालय वयावस्थापन समीतिका अध्यक्ष कुन्साङ दोर्जे लामा, पुर्व प्रधानाध्यापक शम्भु कडेल, प्रधानाध्यापक सुरथसिंह तामाङ, शिक्षक अभिभावक संघका अध्यक्ष मनहरी मैनाली लगाएतले आ—आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु