२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

काभ्रेको पहिचान काभ्रे गोल्ड कप


३६०५ पाठक संख्या

धुलिखेल-काभ्रे जिल्ला फुटबल संघले पहिलो पटक सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता गर्न गइरहेको जानकारी पत्रकार

  • नवसंकेत अनलाईन
  • २०७५ चैत्र ५, मंगलबार मा प्रकाशित ५ साल अघि
  • धुलिखेल-काभ्रे जिल्ला फुटबल संघले पहिलो पटक सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता गर्न गइरहेको जानकारी पत्रकार सम्मेलन मार्पmत गराएको छ । “हाम्रो गोल्डकप काभ्रे गोल्डकप” भन्ने मूल नारा लिएर काभ्रे गोल्डकप फुटबल प्रतियोगगिता गर्न लागेको काभ्रेफुटबल संघ काभ्रेका अध्यक्ष बिकास नारायन श्रेष्ठ ले जानकारी गराएका थिए ।

    चैत्र ७ गतेबाट १७ गते सम्म धुलिखेल रङ्गशालामा हुने उक्त प्रतियोगिताले जिल्ला कै पहिचान बोकेको जानकारी दिँदै एडिभिजन क्लबहरुको अलवा जिल्ला फुटबल संघहरुको सहभागिता रहने उक्त दिन प्रेसित विज्ञप्तिमा उल्लेख छ । जस अनुसार राष्ट्रिय स्तरमा चर्चित क्लबहरु संकटा क्लब, नेपाल आर्मी क्लब, ए.पि.एफ क्लब, जावलाखेल क्लब, फ्रेण्डस् क्लब, प्ले फर अत्तरिया स्पोर्टस् क्लब कैलाली, काभ्रे जिल्ला फुटबल संघ, भक्तपुर जिल्ला फुटबल संघ, दोलखा जिल्ला फुटबल संघ, सिन्धुपाल्चोक फुटबल संघ रहेको जिल्ला फुटबल संघका उपाध्यक्ष निरोज श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गाराएका थिए ।

    काभ्रे जिल्ला फुटबल संघ आयोजक रहेको उक्त प्रतियोगितामा अखिल नेपाल फुटबल संघ ललितपुरको प्राविधिक सहयोग रहेको बताइएको छ । झण्डै ५० लाख बराबरको लागतमा हुन गैरहेको उक्त प्रतियोगिताको मुख्य आर्थिक सहयोगी निकाय स्थानिय सरकार रहेको छ । जसमा धुलिखेल नगरपालिका, पनौति नगरपालिका, बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, बेथानचोक गाउँपालिका र रोशी गाउँपालिका रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

    शनिबार प्रेषित विज्ञप्तिमा त्यो भन्दा बाहेक प्रायोजकहरु र पहिलो पटक टिकटको व्यवस्था गरिएको र यिनै आर्थिक श्रोत संकलनको माध्यम भएको बताएका छन् । उक्त पत्रकार सम्मेलनमा काभ्रे फुटबल संघका खेलाडीहरुका लागि युवा व्यवसायी एवं पूर्व खेलाडी जंगबहादुर जंगमले २ सेट जर्सी र १ सेट ट्रयाकसुटका साथै आवस्यक भौतिक सामाग्री प्रदान गर्दै खेलकुदको क्षेत्रमा आपूmले विगत देखि नै सहयोग गर्दै आएको र भविष्यमा पनि सहयोग गर्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार