धुलिखेल-धुलिखेल नगरपालिका वडा नं १ देविटार बस्ने माईली तमाङलाई आफ्नै जेठी बुहारीले कुट्दा मंगलबार राती मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभे्रको अनुसार घरयासी सामकान्य बिवादको क्रममा मंगलबार राती ११ बजेको समयमा २४ बर्षिय बुहारी सुन्तली तमाङले सासुलाई लछार पछार गर्दै कुटपिट गर्दै भुईमा पछार्दा टाउको र पेटमा गम्भिर चोट लागि घाईते भएको थियो ।
कुटाईबाट सख्त घाईतेलाई उपचारको लागि बनेपा स्थित शिर मेमोरियल अस्पताल लगेकोमा राती १२—३० मा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाको बारेमा प्रहरीलाई जानकारी हुनासाथ प्र.नि.निरञ्जन भट्टाराई को नेतृत्वमा गएको टोलीले बुहारी सुन्तली तामाङलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ कार्य थालेको जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस