रौतहट । अबिरल बर्षापछि आएको बाढीको कारण पानी जमेको खाल्डोमा डुब्दा रौतहटमा दुई बालिकाको ज्यान गएको छ । देवाही गोनाही नगरपालिकामा रहेको बाधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको हो ।
देवाही गोनाही नगरपालिका(५ को लालबकैया नदी भन्दा उतर पूर्व्तिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बाख्रा चराउन गएकी दुवै बालिका गर्मीका कारण खाडलमा नुहाउन पसेकी थिइन् । मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस