२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

वागि उम्मेदवारलाई पार्टीबाट निष्कासित (नामावलीसहित)


२९७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ७, मंगलबार मा प्रकाशित ५ साल अघि
  •  काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनका बागी उम्मेदवार, प्रस्तावक र समर्थक २३ जनालाई पार्टीबाट निष्कासन गरेको छ । निष्कासित हुनेहरुमा सबैभन्दा बढी सोलुखुम्बुका २० जना छन् । रौतहटका दुई र दैलेखका एक जना छन् ।

    कांग्रेसले दुई वर्षपछि तीन जिल्लाका स्थानीय तहका नेता–कार्यकर्ताहरुलाई मात्र कारबाही गरेको छ । तर प्रदेश र केन्द्रका वागी उम्मेदवार, निजका प्रस्तावक र समर्थकहरुलाई अझै कारबाही गरेको छैन ।

    स्थानीय तह, प्रदेश र संघीय संसद निर्वाचनका बागी उम्मेदवार, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका तीन जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिइएको कांग्रेसको केन्द्रीय अनुशासन समिति संयोजक भिष्मराज आङदेम्बेले जानकारी दिए ।

    उनीहरुलाई कांग्रेसको विधान २०१७ को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारबाही भएको उनले बताए । बागी उम्मेदवारी र अन्तरघातको कारण तीनै तहको निर्वाचनमा राम्रो नतिजा ल्याउन नसकिएको निष्कर्ष कांग्रेसको छ । बागी उम्मेदवारहरुको सबै विवरण प्राप्त नभएको र तत्काल पठाउन सम्बन्धित जिल्लालाई निर्देशन दिइएको कांग्रेसले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार