साउन, काठमाडौं । गृह मन्त्रालयले देशको शान्ति सुरक्षाको अवस्था सुधारोन्मुख रहेको दाबी गरेको छ । विप्लव समूह मूलधारमा आएपछि मात्र पूर्ण शान्ति कायम हुने गृहका अधिकारीको भनाइ छ ।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह सचिव प्रेमकुमार राईले भने, ‘हामीले विगतभन्दा बेटर मात्र भनेका छौं । पूर्ण शान्ति बनाउन भूमिका खेल्नुपर्छ । विप्लव समूहहरु जब मूलधारमा आउनुहुन्छ, त्यसपछि मात्र शान्ति सुरक्षाले पूर्णता पाउँछ । हामी त्यसतर्फ लागिरहेका छौं ।’
प्रतिक्रिया दिनुहोस