२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

रविको समर्थनमा भएको प्रदर्शनमा सहभागि नहुन नेकपाको ‘व्हीप’


२३६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २, सोमबार मा प्रकाशित ५ साल अघि
  • चितवन । पत्रकार शालिकराम प्ुडासैनी ‘आत्महत्या’ प्रकरणमा जोडिएर पक्राउ गरेका पत्रकार रवि लामिछानेको समर्थनमा हुने प्रदर्शनमा नजान नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) चितवनले निर्देशन जारी गरेको छ । रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनमा नजान आफ्ना नेता तथा कार्यकर्तालाई आज (सोमबार) एक प्रेस विज्ञप्ति जारी गर्दै निर्देशन दिएको हो ।

    ‘पार्टीले एकपत्रकार पुडासैनी मृत्यु प्रकरणमा न्यायलयको निर्णयलाई समेत प्रभाव पार्ने गरी भइरहेको हुलहुज्जत, अराजक गतिविधि तथा लगाइएका नाराहरु परिवर्तनविरोधी भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले लामो बलिदानीपूर्ण संघर्षपछि प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रकै विरुद्ध नारा लगाउनु नेपाली जनताप्रतिको अपमान भएको छ । यसै घटनालाई लिएर पार्टीको नेतृत्वविरुद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीलाई बढवा दिने गरी भएको ‘धमिलो पानीमा माछा मार्ने’ चलखेल हो ।’ पार्टीलाई यस्तो कार्य स्वीकार्य नहुने पनि विज्ञप्तिमा उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार