धुलिखेल-काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ८ भट्टेडाँडामा माउण्टेन मिरर होटल सञ्चालन गर्दै आएका राजेन्द्र अधिकारी भदौ २ गते सोमबार को दिन आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
प्रहरीले सोमबार विहान ११ बजे घटनाको सूचना पाएको थियो । सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा अधिकारीलाई मृत भेटेको थियो । अधिकारी ले किन आत्मा हत्या गरे भन्ने केही जानकारी नभएको प्रहरीले जानकारी दिएको छ । मृतक अधिकारीको बनेपास्थित शीरमेमोरियल अस्पतालमा पोष्टमार्टम गरि दाहसंस्कार भएको छ ।
प्रतिक्रिया दिनुहोस