२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

आउँदै छ पाइपबाट तेल


२५७२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र १५, आईतबार मा प्रकाशित ५ साल अघि
  • १० दिनमा नेपाल र भारत पेट्रोलियम पाइपलाइनबाट तेल आउने भएको छ ।
    पेट्रोलियम पाइपलाइनको उद्घाटन दुवै देशका प्रधानमन्त्रीले १० सेप्टेम्बर (२४ भदौ) गर्ने भएका छन् । दुवै देशका प्रधानमन्त्रीले पेट्रोलियम पाइपलाइनको उद्घाटन आप्mनै कार्यकक्षमा रहेर रिमोट कन्ट्रोलमार्फत संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको बताए ।

    ‘पेट्रोलियम पाइपलाइनको उद्घाटन कार्यक्रम तय भइसकेको भए पनि सुरक्षा जिम्मा कसलाई दिने टुंगो लागेको छैन, पेट्रोलियम पाइपलाइन सुरक्षाका लागि कसलाई दिने भन्ने विषय गृह मन्त्रालयलाई दिएको छ । नेपाली सेनालाई दिने कि सशस्त्र प्रहरीलाई दिन गृह मन्त्रालयको निर्णय हुन्छ,’ प्रवक्ता ढकालले भने ।

    नेपाल आयल निगमका अनुसार प्रधानमन्त्री ओलीले पाइपलाइनको रिमोट कन्ट्रोल अन गरेपछि अमलेखगन्जमा रहेको पाइपलाइनको भल्भ खुल्नेछ भने भारतबाट प्रधानमन्त्री मोदीले रिमोट कन्ट्रोलबाट उद्घाटन गर्दा मोतीहारीमा पाइपलाइनको भल्भ खुल्नेछ ।

    संयुक्ता रूपमा दुवै देशका प्रधानमन्त्रीले पाइपलाइनको गरे पनि २४ भदौबाट नियमित रूपमा पाइपलाइनबाट तेल आयात हुनेछ ।

    रिमोटमार्फत पाइपलाइनका उद्घाटनपछि अमलेखगन्ज, मोतीहारी, दिल्ली र बालुवाटारमा स्क्रिनमा देखिनेछ । निगमका अनुसार पाइपलाइनबाट दैनिक करिब ३ हजार ५ सय किलोलिटरसम्म डिजेल आयात गरिनेछ ।

    पाइपलाइनबाट आएको डिजेल बाराको अमलेखगन्जमा रहेको डिपोमा जम्मा गरिने जनाइएको छ । औपचारिक रूपमा २४ भदौबाट आउने भए पनि पाइपलाइनबाट तेल एक महिनाअघि नै आइसकेको थियो ।

    राष्ट्रिय गौरवका परियोजनाको ढिलासुस्ती भए पनि राष्ट्रिय गौरवको परियोजना मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको काम भने निर्धा्रित समयभन्दा आठ महिनाअघि सकिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार