काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले १७ बुँदे राजनीतिक प्रस्ताव पारित गर्दै सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।
केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री प्रकाशशरण महतले आफूले अघि सारेका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए । ‘यो विषयमा सरकार गम्भीर भएन । संविधानको मर्मभावना कुल्चिने, कर्मचारी संयन्त्र तहसनहस बनाउने, संवैधानिक निकायहरुलाई दुई तिहाईको बलमा छायाँमा राख्ने काम भयो भने हामी सडक र सदनमा आन्दोलनमा जान्छौं’, उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस