तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको कार्यालय शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष सलामसिं तामाङले एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो ।
जनप्रतिनिधि निर्वाचित भएर करिब ३ वर्ष वित्दै गर्दा गाउँपालिका कार्यालय निर्माण शुरु भएको छ । कार्यालय निर्माणको साङदोर्जे निर्माण कम्पनीले ठेक्का लिएको हो ।
शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष सलामसिं तामाङले समयमै निर्माण सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण र्कुंकेल, शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरी, लेखापाल विनोद साह लगायतका उपस्थिति रहेका थिए । ४ करोड ५२ लाखको लागतमा निर्माण हुन् गाउँपलिकाको भवन २ वर्षभित्रमा निर्माण भइसक्नुपर्ने संझौता छ ।
प्रतिक्रिया दिनुहोस