२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

रासायनिक मल नपाएकोमा कृषकको गुनासो


२९६४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २९, आईतबार मा प्रकाशित ४ साल अघि
  • पर्साका किसानले चाहिएको समयमा सरकारले अनुदानमा ल्याउने रासायनिक मल पाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले धानवालीका लागि अहिले युरिया मलको आवश्यकता रहेको तर त्यसकै अभाव रहेको बताएका हुन् ।
    नेपाल सरकारको अनुदानमा कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङले रासायनिक मल वितरण गर्दै आएका छन् ।

    किसान अगुवा एवं कृषि सहकारीका सञ्चालक सहरुम राउत गद्दीले धानबालीका लागि युरिया मलको माग बढेको तर त्यस अनुसारको आपूर्ति हुन नसकेको गुनासो गरे । ‘अहिले युरिया मलको खाँचो छ तर कृषि सामाग्री कम्पनीले आवश्यक युरिया नदिएर डिएपी लैजान भनेको छ,’ उनले भने, ‘लाइनमा बसेर आवश्यकता नै नभएको डिएपी लगेर के गर्ने ?’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु