सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताएका छन्।
मन्त्री पण्डितले सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरूले हैरान पारेको गुनासो गरे। निजामती कर्मचारीको संख्या बढ्दै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रूपमा लिनुपर्ने मन्त्री पण्डितको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस