काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा एक महिलाले एकैपटक चार शिशु जन्म दिएकी छन् । २७ वर्षीया खगित्रा शाहीले एकैपटक चारजना शिशुहरूलाई जन्म दिएको अस्पतालले पुष्टि गरेको छ ।
चार मध्ये तीनजना छोरा र एकजना छोरी रहेका छन् । चम्ल्याहा बच्चाहरु मध्ये तीन जना स्वस्थ्व रहेको अस्पतालले बताएको छ। यसरी चम्ल्यहा बच्चा हुनु दुर्लभ घटना भएको समेत अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस