काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी महिलाले आफू ‘डिप्रेसन’को विरामी भएको भन्दै प्रहरीमा निवेदन दिएकी छन् । यससँगै महरामाथि प्रहरी छानविन रोकिने भएको छ ।
संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । सोमबार राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट समेत गरेको उनले बताएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस