२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

स्वस्थ्य दुध उत्पादनको लागि तालिम


३४३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १८, शनिबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-लवग्रीन नेपालव्दारा वातावरण मैत्री एकीकृत दिगो कृषि विकास परियोजना अन्तर्गत पाँचखाल नगरपालिकाका वडा नं. ३ र ५ का २८ जना नमुना अगुवा कृषक र १४ जना साधारण कृषक समेत ४२ जना पशुपालक कृषकलाई दुई दिने तालिम दिएको छ ।

    स्वस्थ्य र स्वच्छ दुध उत्पादन सम्बन्धी दुई दिने तालिमको उद्घाटन गर्दै पाँचखाल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले नेपाल अधिराज्यमा काभ्रे जिल्ला दुग्ध उत्पादनको क्षेत्रमा पहिलो जिल्ला भएको बताउनु भयो । उहाँले थप्नुभयो अब उत्पादन मात्र नभएर स्वच्छ र स्वस्थ दुध उत्पादन गर्ने जिल्लाको रुपमा चिनाउनु पर्ने बताउनु भयो ।

    त्यसैगरी लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायणप्रसाद ज्ञवालीले दुध उत्पादनको स्रोत र वितरण प्रणालीमा गुणस्तर कायम गरी उपभोक्तालाई स्वस्थ दुध उपलब्ध गराउनु पर्ने बताउनु भयो । दुई दिन चलेको उक्त तालिममा पशुवस्तुको छनौंट, पोशिलो घाँस व्यवस्थापन, गोठ व्यवस्थापन, सरसफाई र पशुमा लाग्ने मुख्य रोगका साथै विशेष गरी दुध उत्पादनमा अशल व्यवस्थापन अभ्यास प्रणाली बारे अन्तक्र्रियात्मक छलफल भएको थियो ।

    तालिमको समापन कार्यक्रममा पाँचखाल न.पा.वडा नं. २ का वडाअध्यक्ष हरि खतिवडाले अझै पनि पशुपालन निर्वाहमुखीे रहेको बताउउनु भयो । कृषकहरुले सिकेका कुराहरु लाई अनुशरणमा जोड दिनु पर्छ भन्नु भयो । त्यस्तै पाँचखाल न.पा. वडा नं. ३ का वडा अध्यक्ष सुन्दर अधिकारीले लवग्रीन नेपालले गरेका सम्पूर्ण कामहरुको प्रशंसा गर्दै दुध उत्पादन तालिमले कृषकहरुलाई स्वस्थ दुध उत्पादन गर्न ठुलो सहयोग पुग्ने बताउनु भयो ।
    कार्यक्रममा वग्रीन नेपालका बरिष्ठ परियोजना अधिकृत रमेशनाथ रेग्मीले दुधको महत्वको बारेमा प्रकाश पर्दै अहिलेको पिंढीले दुध भन्दा कोक फेन्टा रुचाउने भएकोले त्यसलाई अभिभावकले चिर्नुपर्ने बताउनु भयो । उक्त समापनको अवसरमा कृषक श्रीराम चालिसेले स्वस्थ र गुणस्तरीय दुध उत्पादनका लागि यस्तो तालिम अति आवश्यक रहेको बताए ।

    उक्त तालिममा पाँचखाल नगरपालिका पशुसेवा केन्द्रका पशु चिकित्सक दत्तप्रसाद गौतम र पशु स्वास्थ प्राविधिक भोजराज पन्त र जनार्दन खतिवडाले सहजिकरण गर्नु भएको थियो । परियोजना लवग्रीन नेपालले पाँचखाल नगरपालिका संग सहकार्य गरी संचालन गर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार