२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

यात्रुसंग ठगेको भाडा सिडियो र डिएसपिको रोहबरमा फिर्ता


२८०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २८, मंगलबार मा प्रकाशित ५ साल अघि
  • सोलुखुम्बु :  सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफै सडकमा आएर सवारी जाँचको अनुगमन गरेका छन्। चाडपर्वको अवसरमा विभिन्न बाहाना पारी यात्रुलाई ठगेको सुचनाको आधारमा ट्राफिक प्रहरीले चेकिङलाई समेत कडाई गर्दै आएको छ। प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र प्रहरी नायव उपरिक्षक नारणप्रसाद चिमोरिया आफै सडकमा आएर नागरिकको गुनासो सुनेको यो पहिलो हो।

    पछिल्लो समय जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त टोलिले बढी भाडा लिने सवारीलाई कार्वाही गर्दै यात्रुको रकम फिर्ता गराईरहेको छ। बारम्बार सचेत गराउँदा समेत बिभिन्न बाहाना पार्दै यात्रुलाई बढी भाडा लिएपनि कतिपय यात्रु स्वयम्ले ढाँटेर दोषिलाई उन्मुक्ति दिने काम गरेको पाईएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए। उनले भने, ‘ट्राफिक प्रहरीको सक्रियता सन्तोषजनक छ, तर पनि स्थलगत गुनासो  सुन्ने र आगामी योजना निर्माण गर्ने गरि रातीनै सडकमा गयौ, हेर्‍र्यौ धेरै कुरा बुझ्यौ।’

    ४४ जना यात्रुको भाडा फिर्ता

    आइतबार ओखलढुङगाबाट  सोलुखुम्बु भित्रिएको सवारीसाधानमा चेकजाँच गर्दा ७ जना यात्रुबाट ५० का दरले बढी लिएको पाएपछि रकम फिर्ता गराईएको प्रहरी नायव उपरिक्षक नारायण चिमोरीयाले जानकारी दिए। ओखलढुंगा सल्लेरीको लागि ४५० भाडा कायम गरिएको छ।  सोमबार पनि थुलुङदुधकोशीको दिप्लीघाटबाट सल्लेरी आउँने जीपले निर्धारण गरिएको भन्दा ३ सय बढी भाडा लएपछि फिर्ता गराईएको प्रहरीले जनाएको छ। २९ जना यात्रुको जनही ३ सय भाडा फिर्ता गरिएको ट्राफिक प्रहरी नारयणबहादुर बस्नेतले जानकारी दिए।  दिप्लीघाट देखी सल्लेरी सम्मको ७ सय भाडा निर्धारण गरिएको भएपनि यातायात व्यवसायीले एक हजार लिदै आएका छन्। यस्तै सोमबारनै काठमाडौं जाने ८ जना यात्रुबाट बढी लिएको भाडा फिर्ता गराएको प्रहरीले जनाएको छ। सल्लेरी काठमाडौं १ हजार ६०० भाडा निर्धारण गरिएको भएपनि २ जनाबाट २ हजार र अन्य ६ जना बाट १ हजार ८०० भाडा लिएको पाईएको ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिए।
    Read more a

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार