२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

बोलेरोले ठक्कर दिंदा शिता काफ्लेको मृत्यु


२४०२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ५, मंगलबार मा प्रकाशित ५ साल अघि
  • काभ्रेपलाञ्चोक– काभ्रेको बनेपामा रोकीराखेको मोटरसाइकललाई बोलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा १८ च ३९५२ नम्बरको बोलेरोले बा ५० प ४४४७ नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा पछाडीबाट ठक्कर दिएको थियो ।

    दुर्घटनामा पाँचखाल नगरपालिका वडा नं. ७ बस्ने विश्वनाथ भनिने डिल्लि प्रसाद काफ्लेको श्रीमती ,४० वर्षकी सिता काफ्लेको मृत्यु भएको हो । दुर्घटनामा घाइते काफ्लेलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई केही नभएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटना गराउने सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार