२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

बालिका पुजा बोहराले ८ बर्ष पछि पाईन न्याय


२७०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ७, बिहिबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौं । सामुहिक बलात्कारको शिकार बनेकी बाजुराकी १४ वर्षीया बालिका पूजा बोहोराले ८ वर्ष पछि न्याय पाएकी छिन् ।
    सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासले बोहोरा बलात्कार प्रकरणबारे अन्तिम सुनुवाई गर्दै बोहोराको पक्षमा फैसला गरेको हो ।२०७१ साल पुष २ गते दोहोर्‍याईपाउँ अन्तर्गत सर्वोच्च अदालतमा दर्ता भएको बोहोराको मुद्दा ३ बर्षपछि २०७४ पौष ५ गते न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र प्रकाशमानसिह राउतको इजलासले मुद्दा पुनः ब्युँताएको थियो ।
    गत कार्तिक ६ गते सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा परेपछि मुद्दालाई हेर्दा हेर्दैमा राखिएको थियो । एसएलसी परीक्षाको समयमा गेस पेपर किन्न गएका बेला सामूहिक बलात्कारमा परेकी बाजुराकी १४ वर्षीया बोहोरालाई सर्वोच्च अदालतले सामूहिक बलात्कारमा संलग्न भनिएका बैतडीका सागर भट्ट र अमर अवस्थीलाई झिकाउने आदेशपछि निरन्तर सुनुवाई शुरु भएको थियो ।
    ७ चैत २०६८ सालमा एसएलसी परीक्षाका लागि गणितको गेस पेपेर किन्न पाटन बजारमा पुगेकी पूजामाथि सामूहिक बलात्कार भएको थियो । उनी बैतडीको कैलापाल गाउँबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा दिन गएकी थिइन् । बलात्कारपछि रक्ताम्य पारेर नालीमा अचेत अवस्थामा भेटिएकी थिइन पूजा । बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी बोहोराको अस्पतालमा उपचारपछि घटनाको तथ्य बाहिर आएको थियो ।
    सार्वजनिक सञ्चार माध्यम, नागरिक समाज र विद्यार्थी संगठनबाट चर्को विरोध भएपछि बलात्कार गरी फालेको अभियोगमा २ जनालाई प्रहरी पक्राउ गरी अनुसन्धान थालेको थियो । प्रहरीको अनुसन्धानपछि बैतडी जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो । सो मुद्दामा सुनुवाई गर्दै तत्कालीन जिल्ला न्यायाधीश हिमाल पाठकले दुबै अभियुक्तलाई जनही ५० हजार जरिवाना र १३ बर्षको फैसला सुनाएका थिए ।
    तर मुद्दाको पुनरावेदन भएपनि पुनरावेदन अदालत महेन्द्रनगरका तत्कालीन न्यायाधीहरु नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको इजलासले सफाई दिएपछि पूजा बोहोरा प्रकरणले नयाँ मोड लिएको थियो ।
    पुनरावेदन अदालतका तत्कालीन न्यायाधीश शाही र राजभण्डारीमाथि चरम न्यायिक बिचलन गरिएको भन्दै न्यायपरिषद्मा उजुरी समेत परेको थियो । शाही केहि दिन अगाडी मात्रै एउटा बियर कम्पनीको क्षेत्राधिकार बिहिन मुद्दाको सुनुवाई गरेको भन्दै न्यायपरिषद्बाट जागिरै जाने गरी कारबाहीमा परेका न्यायाधीश हुन् ।तत्कालीन पुनरावेदन अदालत महेन्द्र नगरले फैसला उल्ट्याएपछि पुनरावेदनको सो फैसला खारेजीको माग गर्दै सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार