२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

नर्सिङ संघको निर्वामन पुस ९ मा


२५५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक १७, आईतबार मा प्रकाशित ४ साल अघि
  • आर.एल.श्रेष्ठ

    काठमाडौं- नर्सहरुको छाता सङ्गठन नेपाल नर्सिङ सङ्घको नयाँ कार्य समितिको निर्वाचन आगामी पुस ९ गते हुनेभएको छ ।

    सङ्घको १९औँ कार्यसमितिको निर्वाचन निर्धारित समयभन्दा करिब डेढ वर्ष ढिला गरी हुन लागेको हो ।आगामी मङ्सिर ९ गतेसम्म सदस्यता दर्ता गर्न सङ्घले समयसीमा निर्धारण गरेको छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिको संयोजकमा लक्ष्मी राईलाई तोकेको छ ।

    उनले भनिन्, “मङ्सिर ९ गतेभित्र आफ्नो सदस्यता दर्ता गर्नेलाई मात्र निर्वाचनमा मताधिकार रहन्छ ।” हाल सङघमा करिब १३ हजार नर्स आवद्ध छन् । नेपाल नर्सिङ काउन्सिलमा दर्ता हालसम्म ५५ हजार ५३५ नर्स र ३३ हजार ४६७ अनमी छन् । सङ्घीय संरचनाअनुसार सङ्घको नयाँ नेतृत्व चयन हुने सङ्घका अध्यक्ष प्रा तारा पोखरेलले जानकारी दिइन् ।

    उनले भनिन्, “विधान संशोधनका कारण सङ्घको नयाँ नेतृत्व चयन गर्न निर्वाचनमा केही ढिलाइ भएको हो । नीति निर्माण तहमा नर्सको सहभागिता बढाउन स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्छ । स्वास्थ्य सेवालाई अझ प्रभावकारिता बनाउने विषयमा हामी गम्भीर छौँ ।”

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु