सरकारी अस्पतालमा उपचार गराउन आउने बिरामीलाई ललाई फकाई नीजि क्लिनिकमा लैजाने गरेको आरोपमा प्रहरीले दुई जना बिचौलियालाई जनकपुरधामबाट नियन्त्रणमा लिएको छ ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको ओपिडी सेवामा उपचारका लागि आउने बिरामी तथा बिरामीका आफन्तलाई अन्यन्त्र नीजि क्लिनिकमा लगेर बिचौलियाको काम गर्ने उनीहरुलाई बिहीबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला धनुषा जनकपुर उप–महानगरपालिका वडा नम्बर ८ बस्ने २५ बर्षीय मन्नु सिंह भनिने निर्मल साह र सोही ठाउँका ४० बर्षीय राजेश यादव छन् ।
प्रतिक्रिया दिनुहोस